२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्समस्तिष्क स्वास्थ्यका लागी लाभदायक तरकारी 

मस्तिष्क स्वास्थ्यका लागी लाभदायक तरकारी 


मस्तिष्क स्वास्थ्य तथा मानसिक सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । मस्तिष्कले मानसिक स्वास्थ्य कायम राख्न, सिकाइ र स्मरण शक्ति सुधार गर्न, तनाव कम गर्न र खुसी जीवन बिताउन, भविष्यमा सफलता प्राप्त गर्न, सकारात्मक रहन आदिमा मद्दत गर्दछ ।

मस्तिष्कलाई तिखार बनाउन महँगो बदाम र काजू नै खानुपर्छ भन्ने हुँदैन, र यो सधैँ सम्भव पनि नहुन सक्छ । घरमा खाइएका केही तरकारीको उचित सेवनले पनि आफ्नो स्मरण शक्तिलाई बलियो बनाउन सकिन्छ ।

मस्तिष्कलाई तीखो बनाउने उपाय के के हुन् र मस्तिष्कलाई तिखो बनाउन के खाने ? भन्नेबारे हामीले आजको लेखमा चर्चा गरेका छौँ । केही तरकारीमा यस्ता गुण छन् जो मस्तिष्क स्वास्थ्यमा लागी लाभदायक छन् ।

ब्रोकाउली

ब्रोकाउलीमा भिटामिन के, सेलेनियम र एन्टिअक्सिडेन्ट हुन्छ । जसले मानसिक स्वास्थ्यलाई बढावा दिन्छ । ब्रोकाउलीमा ग्लुकोसिनोलेट्स नामक यौगिक प्रशस्त मात्रामा पाइन्छ । यसमा हुने आइसोथियोसाइनेटले तनाव कम गर्न र न्यूरोडिजेनेरेटिभको जोखिम कम गर्न सक्छ ।

गाजर

गाजरमा बीटा क्यान्टिन प्रशस्त पाइन्छ । जसले मस्तिष्क स्वास्थ्यमा लाभ मिल्छ । यसमा भएको तत्त्वले मेमोरी बढाउन काम गर्छ । गाजरलगायत  बन्दा र खरबुजा जस्ता तरकारीहरूमा पनि बिटा क्यान्टिन प्रशस्त मात्रामा पाइन्छ । यी तरकारीहरूको नियमित सेवनले तपाईँको मस्तिष्क स्वास्थ्यका लागि औषधीको काम गर्न सक्छ ।

पालक

हार्वर्ड हेल्थ रिपोर्ट (रेफ)का अनुसार मस्तिष्क स्वास्थ्यको लागि पालक लाभदायक मानिन्छ । यसमा भिटामिन ए, ल्युटिन र क्यान्टिन जस्ता एन्टिअक्सिडेन्टहरू प्रशस्त हुन्छन् । पालकमा फोलेट र भिटामिन के हुन्छ, जुन मस्तिष्कको उचित विकासका लागि आवश्यक हुन्छ ।

भिण्डी

भिण्डीमा पोलिफेनोल र भिटामिन बी६ पाइन्छ । जुन मस्तिष्क स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले सोच्ने र बुझ्ने क्षमता बढाउन मद्दत गर्छ । स्मरण शक्ति कमजोर हुनबाट बचाउँछ । भिण्डीमा पाइने लेक्टिन प्रोटिनले क्यान्सर कोशिकाको वृद्धिलाई रोक्छ । यसले  हाम्रो प्रणालीमा रगतमा चिनीको मात्रा र कोलेस्ट्रोलको स्तर सुधार गर्छ ।

टमाटर

टमाटरमा लाइकोपीन हुन्छ । जुन मस्तिष्कको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । टमाटर एन्टिअक्सिडेन्टहरूको विशेष रूपमा राम्रो स्रोत हो । यसमा पाइने लाइकोपीन र बीटा–क्यारोटिनले मस्तिष्क कोशिकाहरू क्षतिग्रस्त हुनबाट रोक्न सक्छ ।

नोट: यो लेख सामान्य जानकारीको लागि मात्र हो । थप जानकारीको लागि विशेषज्ञसँग परामर्श लिनुहोस् ।

 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ