२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सजाडोमा बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन यी चिज खुवाउनुहोस् 

जाडोमा बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन यी चिज खुवाउनुहोस् 


बदलिँदो मौसमले बालबालिकालाई सबैभन्दा बढी असर गर्छ । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले जाडो मौसममा बालबालिका बारम्बार बिरामी पर्छन् । जाडोमा बालबालिकालाई रुघाखोकी, ज्वरो र रुघाखोकी लाग्ने गर्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिकामा स्वास्थ्य सम्बन्धी समस्या झन् बढ्छ ।

आमाबाबुले आफ्ना बच्चाहरूलाई मौसमी फ्लुबाट जोगाउन हर उपाय प्रयास गर्छन्, तर पनि बच्चाहरू रोगको सिकार हुन्छन् । यदि तपाईँको बच्चा पनि जाडो मौसममा बारम्बार चिसोबाट पीडित हुन्छन् भने यस्तो अवस्थामा उनीहरूको खानपानमा ध्यान दिनु जरुरी हुन्छ । जाडोमा बालबालिकालाई स्वस्थ राख्नको लागि उनीहरूको आहारमा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा हामीले आजको लेखमा चर्चा गरेका छौँ ।
बालबालिकालाई चिसोबाट जोगाउने केही सुपरफुडहरू रहेका छन् जसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

फलफूल

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उनीहरूको आहारमा फलफूल समावेश गर्नु निकै जरुरी हुन्छ । सुन्तला, अङ्गुर आदि जस्ता फलफूलमा प्रचुर मात्रामा भिटामिन सी हुन्छ । जसले धेरै रोगबाट बच्न मद्दत गर्छ । यी फलफूललाई इम्युनिटी बुस्टर भनेर चिनिन्छन् । यदि बच्चाहरू यी फलहरू खान रुचाउँदैनन् भने कहिलेकाहीँ जुस त कहिले सलादको रुपमा दिन सक्नुहुन्छ ।

दही

प्रोबायोटिक्स युक्त दही खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । बालबालिकाको दैनिक आहारमा पर्याप्त मात्रामा दही खुवाउन सकिन्छ । यसले पाचन क्रियालाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ । दहीमा पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ जसले हड्डीलाई मजबुत बनाउँछ ।

हरियो तरकारी

पोषक तत्त्वले भरिपूर्ण हरियो सागसब्जी खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । बालबालिकाले आफ्नो आहारमा पालक, काउली र ब्रोकाउली जस्ता पत्तादार तथा रेसादार तरकारीहरू समावेश गर्न सकिन्छ । यसमा भिटामिन सी, भिटामिन के, फोलेट र अन्य धेरै पोषक तत्त्व पाइन्छ ।

अदुवा

अदुवा एन्टिअक्सिडेन्टको समृद्ध स्रोत हो । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसलाई स्वादिष्ट बनाउन यसलाई सानो टुक्रामा काट्नुहोस् र त्यसपछि यसमा गुँड थप्नुहोस् । यसरी बच्चालाई अदुवा खुवाउन सकिन्छ । जसले गर्दा बालबालिका जाडोमा रोगबाट सुरक्षित हुन्छन् ।

नोटः यो लेख सामान्य सहयोगका लागि मात्रै हो । यदी बालबालिकामा चिसोका कारण धेरै समस्या बढ्दै गएको छ भने, यस्तो अवस्थामा स्वास्थ्य विशेषज्ञको सल्लाह लिनुहोस्।

 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ