२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सशरीरमा हुने यी साना परिवर्तनहरूलाई बेवास्ता गरे हुनसक्छ क्यान्सर 

शरीरमा हुने यी साना परिवर्तनहरूलाई बेवास्ता गरे हुनसक्छ क्यान्सर 


क्यान्सर पछिल्लो समय विश्वभर तीव्र रूपले बढ्दै गएको एउटा स्वास्थ्य समस्या हो । यो रोगको समस्या देशभर गम्भीर बन्दै गएको छ । चिकित्सकहरुकाअनुसार क्यान्सर प्रारम्भिक चरणमा नै पत्ता लाग्यो भने निको हुन त्यति गाह्रो हुँदैन । तर, प्रारम्भिक चरणमै नियन्त्रण हुन नसके यो रोग हाम्रो लागि घातक साबित हुन सक्छ ।

यस कारण हामीले हाम्रो शरीरमा देखिने विभिन्न प्रकारका लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन । शरीरमा देखिएका केही लक्षणहरूले हामीलाई क्यान्सरको जोखिमतर्फ उन्मुख भइरहेको प्रस्ट सङ्केत गर्दछ । त्यसैले हामीले आफ्नो स्वास्थ्यप्रति सधैँ सचेत रहनुपर्छ । कुनै पनि गम्भीर रोग लाग्नु अघि हाम्रो शरीरले केही सङ्केत दिन थाल्छ । यदि हामीले यी सङ्केतहरूलाई राम्ररी बुझ्यौँ भने क्यान्सर जस्ता गम्भीर रोगबाट पनि बच्न सकिन्छ ।

आजको लेखमा हामी तपाईँलाई क्यान्सरका केही प्रारम्भिक लक्षणहरू बारे बताउन गइरहेका छौँ । यदि तपाईँले आफ्नो शरीरमा यी मध्ये कुनै पनि लक्षण देख्नुभयो भने तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

शरीरमा गाँठागुँठी देखिनु

तपाईँको शरीरमा अचानक कुनै गाँठो देखिने, असामान्य रूपले बढ्दै र दुख्दै जान थाल्छ भने यो क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यदि शरीरको कुनै पनि भागमा गिर्खा वा गाँठो देखा पर्छ भने हामीले यसलाई बेवास्ता गर्नु हुँदैन । यस प्रकारको लक्षण क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छ । यसको निर्मूलका लागि ढिलो नगरी तुरुन्तै विशेषज्ञ चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

छाला कडा हुनु

यदि तपाईँको शरीरको कुनै भागको छाला अलिकति कडा भयो भने यसले क्यान्सरको खतरालाई सङ्केत गर्छ । स्तन क्यान्सरको बारेमा कुरा गर्दा यदि तपाईँ स्तनको छालामा यस्तो परिवर्तन देख्नुहुन्छ भने यो स्तन क्यान्सरको प्रमुख लक्षण हुन सक्छ ।

छालाको रङ्गमा परिवर्तन

यदि तपाईँले आफ्नो छालामा केही असामान्य परिवर्तनहरू आउँछन् भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । त्यस्तै छालामा कतै चम्किलो हुने र त्यो बिस्तारै ठूलो हुँदै गइरहेको छ वा छाला निस्कने तथा रगत बगिरहेको छ भने यी छालाको क्यान्सरसँग सम्बन्धित लक्षण हुन सक्छन् ।

मलाशय रक्तस्राव

चिकित्सा विज्ञहरूका अनुसार मलद्वार बाट रगत बग्नु आन्द्रा वा मलद्वारको क्यान्सरको लक्षण हुनसक्छ । यद्यपि यस्ता लक्षणहरू कहिलेकाहीँ सामान्य आन्द्रा समस्याहरूको कारणले हुन सक्छ । यस्तो अवस्थामा बेवास्ता गर्दा पेटको क्यान्सरको जोखिम बढ्न सक्छ ।

महिनावारी बिचको रक्तस्राव

महिनावारीको समयमा अलि बढी वा कम रक्तस्राव हुनु सामान्य प्रक्रिया हो । तर महिनावारीको समयमा रक्तस्रावमा बढी भयो भने यो गम्भीर समस्याको सङ्केत हुन सक्छ । यसबाहेक महिनावारीको बिचमा रगत बग्ने समस्या भएमा यो पाठेघरको क्यान्सरको मुख्य लक्षण हुन सक्छ ।

क्यान्सरका केही सामान्य लक्षणहरू

यी लक्षणहरू बाहेक केही लक्षणहरू छन् जुन क्यान्सरसँग सम्बन्धित हुन सक्छ । जस्तै: शरीरको तौल तीव्र गतिमा बढ्ने, धेरै चाँडो थकान महसुस हुने, भोक नलाग्ने  र रातको समयमा पसिना आउने जस्ता लक्षणहरू देख्नुभयो भने तुरुन्तै आफ्नो जाँच गराउनुहोस् ।

नोट:– यो लेख सामान्य जानकारीका लागी हो । यसको उद्देश्य तपाईँलाई सचेत गराउनु मात्र हो । यस लेखमा उल्लेख गरिएका लक्षणहरू क्यान्सर बाहेक अन्य समस्यासँग सम्बन्धित हुन सक्छन् । कुनै पनि निष्कर्षमा पुग्नु अघि, तपाईँले चिकित्सकसँग परामर्श गर्नुपर्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ