२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सबच्चाहरूलाई अण्डा कहिले र कसरी खुवाउने ?

बच्चाहरूलाई अण्डा कहिले र कसरी खुवाउने ?


अण्डा प्रोटिनका साथै आवश्यक भिटामिन, खनिज र कोलेस्ट्रोलको भण्डार हो । अण्डाको सेवनले बालबालिकाको शारीरिक र मानसिक विकास राम्रो हुन्छ । तर बच्चाहरूले अण्डा कहिले र कसरी खाने भन्ने कुरामा अभिभावकहरू प्रायः अलमलमा हुन्छन् ।  कुन उमेरका साना बालबालिकालाई अण्डा खुवाउने र अण्डा खुवाउने विधि कस्तो हुनुपर्छ भन्नेबारे आजको लेखमा हामीले विज्ञको सुझाव उल्लेख गरिएको छ ।

भारतस्थित निमाया अस्पताल, सुरतका बाल रोग विशेषज्ञ डा पार्थ सोनीका अनुसार बच्चालाई सही समयमा अण्डा खुवाउनुपर्छ । उनले  आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत साना बच्चाहरूलाई कहिले र कसरी अण्डा खुवाउनु पर्छ भनेर बताएका छन् । डा पार्थका अनुसार ६ महिनाको उमेरपछि बालबालिकालाई अण्डा खुवाउन सकिन्छ । तर ध्यान दिनुपर्ने कुरा के छ भने अण्डा खुवाउनुअघि बच्चालाई सादा खाना खुवाउनुपर्छ ।

बच्चाहरूलाई अण्डा कसरी खुवाउने

जब तपाईँ बच्चालाई अण्डा खुवाउन थाल्नुहुन्छ सबैभन्दा पहिले यसको पहेँलो भाग खुवाउनुहोस् । पहेँलो भागलाई लगातार तीन दिनसम्म खुवाएपछि बच्चालाई कुनै प्रकारको एलर्जी छ कि छैन जाँच गर्नुहोस् । केही बालबालिकामा छालामा दागहरू देखिने त केही अन्य लक्षणहरू देखिन सक्छन् । यदि बच्चालाई पहेँलो भाग खुवाउँदा कुनै लक्षण नदेखिएमा केही दिनपछि अण्डाको माथिल्लो सेतो भाग खुवाउन सक्नुहुन्छ । पहेँलो भागभन्दा सेतो भागमा बढी एलर्जी हुन्छ । त्यसैले यसलाई तीन–चार दिनसम्म लगातार खुवाउनुहोस् र कुनै पनि प्रकारको एलर्जीको लक्षण देखिएमा ध्यान दिनुहोस् ।

बालबालिकालाई अण्डा खुवाउँदा के फाइदा हुन्छ ?

सेतो भागमा अधिक प्रोटिन हुन्छ । त्यस्तै पहेँलो भाग कोलेस्ट्रोलको लागि चिनिन्छ । जसले गर्दा शरीरको समग्र वृद्धिको लागि आवश्यक पोषण हुन सक्छ । अण्डा मस्तिष्कको लागि धेरै लाभदायक  मानिन्छ । बच्चाहरूलाई उमालेको अण्डा दिनु राम्रो हुन्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ