गृहपृष्ठ ∕ योग ∕ मेरुदण्डलाई बलियो बनाउने योग मेरुदण्डलाई बलियो बनाउने योग हेल्थ आवाज मंगलबार, २०७९ जेठ १० गते, ०५:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकाशक्रमबाट क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स