गृहपृष्ठ ∕ योग ∕ हलासनः जसले राख्छ पाचन प्रणालीलाई स्वस्थ हलासनः जसले राख्छ पाचन प्रणालीलाई स्वस्थ हेल्थ आवाज शनिबार, २०७९ भदौ १८ गते, ०६:३० मा प्रकाशित योग हाम्रो शरीर र दिमाग दुवैसँग सम्बन्धित छ। योगले शरीरलाई रोगहरुबाट बचाउँछ। योग शरीर स्वस्थ राख्ने सबैभन्दा सरल उपाय हो। आजको समयमा मानिसहरु प्राय गलत खानेकुरा खाइरहेका हुन्छन। सो बानीको कारण पेटको समस्याको सामना गरिरहेका हुन्छन् । पेटको समस्याबाट छुटकारा पाउनका लागि पाचनतन्त्रलाई बलियो पार्न सबैभन्दा बढी जरुरी छ। योग गरेर तपाई आफ्नो प्रतिरोध क्षमताको साथै पाचनतन्त्र पनि बलियो बनाउन सक्नुहुनेछ। तपाई दिन प्रतिदिन हलासनबाट आफ्नो पाचनतन्त्रलाई बलियो पार्न सक्नुहुनेछ र पेट सम्बन्धि समस्या जस्तो अपच, ग्यास, कब्जियबाट छुट्कारा पाउन सकिनेछ। यस बाहेक यस आसन गर्दाका अन्या फाइदा पनि छन्। हलासन दुई शब्द ‘हल’ र ‘आसन’ बाट बनेको छ। हल जो किसानले खेतमा जोत्ने र आसनको अर्थात बस्ने हो । यो मुद्रालाई अंग्रेजीमा ‘प्लो पोज’ भनिन्छ। यो आसनले तपाईको पाचन प्रणालीलाई बलियो बनाउने देखि शरीरलाई धेरै अन्य लाभहरु दिन्छ। हलासन गर्ने विधि सबैभन्दा पहिला एक समतल ठाउँमा एक चकटी ओंछ्याएर आफ्नो पीठको मद्दतले सुत्नहोस् र दुवै हात भुईमा राख्नुहोस्। अब आफ्नो खुट्टामाथि उठाउनुहोस् र त्यसपछि बिस्तारै तिनीहरूलाई पछाडि सार्नुहोस्। तपाईको खुट्टालाई पछाडि भुइँमा लाने कोसिस गर्नुहोस्। आफ्नो क्षमता अनुसार केहि समय सोही अवस्थामा बस्नुहोस् र फेरी साधारण मुद्रा आउनुहोस्। हलासनको फाइदा यो आसन गर्नाले पाचनतन्त्रको अंगलाई मसाज मिल्ने गर्छ जसले मजबुत बनाउने काम गर्छ। यसले मेटाबोलिज्म बढाउँछ जसले तौललाई नियन्त्रित गर्छ । मधुमेहका बिरामीका लागि फाइदाजनक छ। काँध र कम्मर दुखाइबाट राहत मिल्छ। -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ