२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठयोगहलासनः जसले राख्छ पाचन प्रणालीलाई स्वस्थ

हलासनः जसले राख्छ पाचन प्रणालीलाई स्वस्थ


योग हाम्रो शरीर र दिमाग दुवैसँग सम्बन्धित छ। योगले शरीरलाई रोगहरुबाट बचाउँछ। योग शरीर स्वस्थ राख्ने सबैभन्दा सरल उपाय हो। आजको समयमा मानिसहरु प्राय गलत खानेकुरा खाइरहेका हुन्छन। सो बानीको कारण पेटको समस्याको सामना गरिरहेका हुन्छन् । पेटको समस्याबाट छुटकारा पाउनका लागि पाचनतन्त्रलाई बलियो पार्न सबैभन्दा बढी जरुरी छ।

योग गरेर तपाई आफ्नो प्रतिरोध क्षमताको साथै पाचनतन्त्र पनि बलियो बनाउन सक्नुहुनेछ। तपाई दिन प्रतिदिन हलासनबाट आफ्नो पाचनतन्त्रलाई बलियो पार्न सक्नुहुनेछ र पेट सम्बन्धि समस्या जस्तो अपच, ग्यास, कब्जियबाट छुट्कारा पाउन सकिनेछ। यस बाहेक यस आसन गर्दाका अन्या फाइदा पनि छन्।

हलासन दुई शब्द ‘हल’ र ‘आसन’ बाट बनेको छ। हल जो किसानले खेतमा जोत्ने र आसनको अर्थात बस्ने हो । यो मुद्रालाई अंग्रेजीमा ‘प्लो पोज’ भनिन्छ। यो आसनले तपाईको पाचन प्रणालीलाई बलियो बनाउने देखि शरीरलाई धेरै अन्य लाभहरु दिन्छ।

हलासन गर्ने विधि

  • सबैभन्दा पहिला एक समतल ठाउँमा एक चकटी ओंछ्याएर आफ्नो पीठको मद्दतले सुत्नहोस् र दुवै हात भुईमा राख्नुहोस्।
  • अब आफ्नो खुट्टामाथि उठाउनुहोस् र त्यसपछि बिस्तारै तिनीहरूलाई पछाडि सार्नुहोस्।
  • तपाईको खुट्टालाई पछाडि भुइँमा लाने कोसिस गर्नुहोस्।
  • आफ्नो क्षमता अनुसार केहि समय सोही अवस्थामा बस्नुहोस् र फेरी साधारण मुद्रा आउनुहोस्।

 हलासनको फाइदा

  • यो आसन गर्नाले पाचनतन्त्रको अंगलाई मसाज मिल्ने गर्छ जसले मजबुत बनाउने काम गर्छ।
  • यसले मेटाबोलिज्म बढाउँछ जसले तौललाई नियन्त्रित गर्छ ।
  • मधुमेहका बिरामीका लागि फाइदाजनक छ।
  • काँध र कम्मर दुखाइबाट राहत मिल्छ।

-एजेन्सी


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ