२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यएचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?

एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?


एचआईभी एड्स भनेको एक किसिमको सरुवा रोग हो । Acquired immune deficiency syndrome (AIDS) एउटा यस्तो लक्षण हो, जुन एचआईभीले गर्दा शरीरमा उत्पन्न हुन्छ । यो एक यौन संक्रमित रोग हो । हाम्रो शरीरमा एचआईभी पसेपछि सर्वप्रथम T-Lymphocyte कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि विस्तारै उक्त भाइरसले अन्य कोषहरूमा पनि प्रवेश गरी शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदैं लैजान्छ ।

यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ । यिनै विभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ ।

यो रोगले शरीरको सबै प्रणालीमा असर गर्दछ, सबै अंगमा असर गर्दछ । यो भाइरस संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभै निर्मुलीकरण नगरिएका सिरिन्जको प्रयोगबाट, र्‍यालबाट, शरीरका अंगहरू प्रत्यारोपण गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ ।

एचआईभी एड्सका लक्षणहरु

  • ज्वरो आउनु
  • पखाला लाग्नु
  • वजन घट्नु
  • कुपोषणका लक्षणहरू देखिनु
  • छालामा विभिन्न समस्या आउनु
  • मुख तथा घाँटीमा काई (सेतो) आउनु
  • दाँत वा गिजाका समस्याहरू
  • खोकी वा श्वास फेर्न गाह्रो हुनु
  • चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि ।

एड्स रोकथामका लागि के कस्ता उपाय अपनाउन पर्छ ?

आजको दिनसम्म यसलाई पूर्णरुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन । हामीसँग भएका औषधीहरु (Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन् ।

चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी सुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरुको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ ।

एआईभी एड्सबाट कसरी जोगिने

  • सुरक्षित यौन व्यवहार अपनाउने
  • यौन सम्पर्क गर्दा सधैँ सही तरिकाले कण्डमको प्रयोग गर्ने
  • सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
  • एचआईभी संक्रमित महिला गर्भवती नहुने
  • यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
  • आफ्नो यौन साथीलाई पनि उपचार गराउने
  • अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए नभएको कुरामा विशेष ध्यान पुर्‍याउने ।

यो रोग नियन्त्रण एकल रुपमा सम्भव नहुने भएकाले दीर्घकालीन उपायहरु अपनाउनु पर्दछ । नेपालमा धेरैजसो युवाहरु वेदैशिक रोजगारीको बाहिरी मुलुक जाने भएकाले सरकारबाटै युवाहरुको स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्दछ ।


प्रस्तुतीः पदमराज भट्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ