गृहपृष्ठ ∕ प्रदेश १ ∕ दुई बिरामीमा कोरोना संक्रमणको आशंका, कोशीबाट धरानमा रेफर गरियो दुई बिरामीमा कोरोना संक्रमणको आशंका, कोशीबाट धरानमा रेफर गरियो हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ३० गते, १७:२७ मा प्रकाशित विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना भाइरस संक्रमणको आशंका गर्दै धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । दुई दिन अगाडि मात्र विदेशबाट आएका दुई व्यक्तिलाई कोरोनाको आशंका गर्दै कोशीले विपीको आइसोलेसन वार्डमा रेफर गरेको हो । कोशी अस्पतालकी मेसु डा. संगीता मिश्रका अनुसार कोरोनाको लक्षण देखिएकोले उनीहरूलाई धरान रेफर गरिएको जानकारी दिइन् । बिरामीको पहिचान गोप्य राखिएको छ । उनीहरूको नमुना परिक्षण काठमाडौं पठाएर उताबाट रिपोर्ट आएपछि मात्र थप प्रस्ट हुने मेसु डा. मिश्रले बताइन् । ‘विदेशबाट आउनुभएको रहेछ । ज्वरो, रुघाखोकीको पनि लक्ष्यण देखिएको थियो,’ उनले भनिन्, ‘शंका गेर आइसोलेसन वार्डमा रेफर गरेका हौं । कोरोना नै हो भन्ने पुष्टि भएको छैन ।’ उनले शंका लाग्दा यसरी ज्वरो आएका बिरामीलाई रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणले आतंकित हुनुपर्ने अवस्था भने नरहेको दाबी गरेका छन् । अस्पतालले खासगरी विदेशबाट आएकाहरूको सवालमा भने विशेष सावधानी अपनाउँदै आएको उनले बताइन् । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… उपचारमा ४० लाख सकियो, छोरा बचाउन बाबुको हारगुहार धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति ६ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ७ युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार TFN ट्रेण्डिङ स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भिटामिन 'ए' र जुकाको औषधी कार्तिक ७ र ८ गते खुवाइने स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भिटामिन 'ए' र जुकाको औषधी कार्तिक ७ र ८ गते खुवाइने