गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोरोना परीक्षणमा तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ कोरोना परीक्षणमा तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ मानदत्त रावल सोमबार, २०७७ वैशाख १ गते, १६:१४ मा प्रकाशित जुम्ला – कोरोना परीक्षणमा जुम्लाका तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । चैत्रको २५ गते भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका घुम्ती मेडिकल टोलीले तीन सय २४ जनाको संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार कोरोना परीक्षणका लागि २५ चैतमा काठमाडौँ स्वाब संकलन गरी पठाएकोमा सोमबार तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । २५ चैत ०७६ मा कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा ५०, हिमा गाउँपालिकाको देवारगाउँ खेल मैदानमा एक सय २४ र जुम्लाको विमाल स्थलमा एक सय ५० गरी तीन सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको थियो । संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड– १९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली र कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले स्वाब संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो । यसअघि पहिलो चरणमा तीन जना र दोस्रो चरणमा ६ जना गरी ९ जनाको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । यहाँका स्थानीय १८ जना क्वारेन्टाइनमा बसेका छन् भने दुई सय ४४ जना घर फिर्ता भएको उनले बताइन् । जुम्लाभर अहिले दुई सय ६६ बेड क्वारेन्टाइन रहेका छन् । चार हजार ८ सय ५७ जनाको हेल्थ डेस्कमा स्क्रिनिङ गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड कर्णालीका एक लाख बालबालिकाले पाए सबै खोप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी