गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोरोना परीक्षणमा तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ कोरोना परीक्षणमा तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ मानदत्त रावल सोमबार, २०७७ वैशाख १ गते, १६:१४ मा प्रकाशित जुम्ला – कोरोना परीक्षणमा जुम्लाका तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । चैत्रको २५ गते भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका घुम्ती मेडिकल टोलीले तीन सय २४ जनाको संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार कोरोना परीक्षणका लागि २५ चैतमा काठमाडौँ स्वाब संकलन गरी पठाएकोमा सोमबार तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । २५ चैत ०७६ मा कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा ५०, हिमा गाउँपालिकाको देवारगाउँ खेल मैदानमा एक सय २४ र जुम्लाको विमाल स्थलमा एक सय ५० गरी तीन सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको थियो । संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड– १९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली र कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले स्वाब संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो । यसअघि पहिलो चरणमा तीन जना र दोस्रो चरणमा ६ जना गरी ९ जनाको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । यहाँका स्थानीय १८ जना क्वारेन्टाइनमा बसेका छन् भने दुई सय ४४ जना घर फिर्ता भएको उनले बताइन् । जुम्लाभर अहिले दुई सय ६६ बेड क्वारेन्टाइन रहेका छन् । चार हजार ८ सय ५७ जनाको हेल्थ डेस्कमा स्क्रिनिङ गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव