२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ

कर्णाली थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ


सुर्खेत – कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। भारतवाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप पुष्टि गर्न स्वाब नेपालगन्ज पठाइएको छ।

शनिवार बम्बइ नाका हुँदै कर्णाली भित्रिएका मध्ये आरडिटि गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो। पोजेटिभ देखिएकालाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइन राखेर पिसिआर जाँच गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक बिकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

उनकाअनुसार सुर्खेतको प्रयोगशालामा पोजेटिभ देखिएका ५ जनाको स्वाब संकलन गरि पुन: पुष्टिको लागि नेपालगंज पठाइएको छ। नेपालगंजवाट दिउसोसम्म रिपोर्ट आइसक्ने उनले जानकारी दिए। यसअघि कर्णालीमा ४ जनामा कारोना संक्रमण देखिएको छ। उनीहरूको प्रदेश अस्पतालमा उपचार भैरहेको छ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ