गृहपृष्ठ ∕ समाचार ∕ थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या १३ पुग्यो थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या १३ पुग्यो हेल्थ आवाज शनिबार, २०७७ जेठ २४ गते, १७:२० मा प्रकाशित काठमाडौं—कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटामा कैलाली र डोल्पामा मृत्यु भएका दुई जनामा कोभिड—१९ पुष्टि भएको बताए । डोल्पा जगदुल्लाका ५८ वर्षीया पुरुषको २१ जेठमा राति २ बजे मृत्यु भएको थियो । उनी १६ जेठमा सुर्खेतबाट डोल्पाका लागि हिडेका थिए । १८ जेठमा डोल्पा पुगेर क्वारेन्टाइनमा रहेका बेला राति उनको मृत्यु भएको थियो । उनी दम रोगका बिरामी थिए । मृत्युपछि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड—१० पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । यस्तै, २३ जेठ दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी ५५ वर्षीया महिलामा पनि कोभिड—१९ पुष्टि भएको छ । मिर्गौला रोगकी बिरामी ती महिला २१ जेठको विहान डाइलाइसिसका लागि अस्पताल पुगेकी थिइन् । उनको डाइलाइसिसकै क्रममा त्यही दिन मृत्यु भएपछि स्वाब परीक्षणका लागि सेती अस्पतालको प्रयोगशालामा पठाइएको थियो । जसको रिपोर्टमा शनिबार कोभिड—१९ पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोभिड—१९ देखिएका मृतकको संख्या १३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ४ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ५ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ६ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ७ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब