गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ २१ दिनसम्म पनि पिसिआरको रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेका घर फर्किए २१ दिनसम्म पनि पिसिआरको रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेका घर फर्किए चन्द्रा कँडेल बिहीबार, २०७७ असार ४ गते, ०९:०६ मा प्रकाशित सुर्खेत – दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ को एक क्वारेन्टाइनमा बसेका मानिसहरु प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर फर्किएका छन् । क्वारेन्टाइनमा बसेको २१ दिनसम्म पनिपरीक्षणको रिपोर्टको टुङ्गो नलागे पछि उनीहरुले स्थानीय प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर गएका हुन । वडा नम्बर ८ को जनज्योती आधारभूत विद्यालय मदन चौरमा बसेका ३३ जना बुधबार आफ्नो घर गएका बताइएको छ । २१ दिन अघि भारतको विभिन्न क्षेत्रबाट घर फर्केका उनीहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । बुधबार उनीहरुले वर्षायाम सुरु भइसकेको आफ्नो खेतबारी बाँझो रहने अवस्था आएको भन्दै क्वारेन्टाइनबाट वडा अध्यक्ष, नगर प्रहरी, स्वास्थ्यकर्मीलाई अटेरी गर्दै आ–आफ्नो घर गएका हुन । उनीहरुलाई जति रोक्ने प्रयास गरेपनि उनीहरुले अटेरी गरेर घर गएको वडा नम्बर ८ का वडा अध्यक्ष विर बहादुर शाहीले जानकारी दिए । ‘कुल ३४ जनाको ७ दिन पहिले आरडिटि चेक गरेका थियौँ । ती मध्ये एक जनाको पोजेटिभ आए पछि उनको तत्काल विन्द्रासैनी स्वास्थ्यचौकीमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ ,वडा अध्यक्ष शाहीले भने, ‘आरडिटि परीक्षण लगत्तै ५ दनि अघि पिसिआरको लागि नमुना संकलन गरेर लगिएको छ । तर हालसम्म नतिजा नआएपछि उहाँहरु जानु भएको हो ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ?