गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ २१ दिनसम्म पनि पिसिआरको रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेका घर फर्किए २१ दिनसम्म पनि पिसिआरको रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेका घर फर्किए चन्द्रा कँडेल बिहीबार, २०७७ असार ४ गते, ०९:०६ मा प्रकाशित सुर्खेत – दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ को एक क्वारेन्टाइनमा बसेका मानिसहरु प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर फर्किएका छन् । क्वारेन्टाइनमा बसेको २१ दिनसम्म पनिपरीक्षणको रिपोर्टको टुङ्गो नलागे पछि उनीहरुले स्थानीय प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर गएका हुन । वडा नम्बर ८ को जनज्योती आधारभूत विद्यालय मदन चौरमा बसेका ३३ जना बुधबार आफ्नो घर गएका बताइएको छ । २१ दिन अघि भारतको विभिन्न क्षेत्रबाट घर फर्केका उनीहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । बुधबार उनीहरुले वर्षायाम सुरु भइसकेको आफ्नो खेतबारी बाँझो रहने अवस्था आएको भन्दै क्वारेन्टाइनबाट वडा अध्यक्ष, नगर प्रहरी, स्वास्थ्यकर्मीलाई अटेरी गर्दै आ–आफ्नो घर गएका हुन । उनीहरुलाई जति रोक्ने प्रयास गरेपनि उनीहरुले अटेरी गरेर घर गएको वडा नम्बर ८ का वडा अध्यक्ष विर बहादुर शाहीले जानकारी दिए । ‘कुल ३४ जनाको ७ दिन पहिले आरडिटि चेक गरेका थियौँ । ती मध्ये एक जनाको पोजेटिभ आए पछि उनको तत्काल विन्द्रासैनी स्वास्थ्यचौकीमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ ,वडा अध्यक्ष शाहीले भने, ‘आरडिटि परीक्षण लगत्तै ५ दनि अघि पिसिआरको लागि नमुना संकलन गरेर लगिएको छ । तर हालसम्म नतिजा नआएपछि उहाँहरु जानु भएको हो ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार… सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दैं मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री