गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ क्वारेन्टाइन सुरक्षामा सामुदायिक प्रहरी खटाउने तयारी क्वारेन्टाइन सुरक्षामा सामुदायिक प्रहरी खटाउने तयारी चन्द्रा कँडेल आईतबार, २०७७ असार ७ गते, १७:२७ मा प्रकाशित सुर्खेत – क्वारेन्टाइनमा बसेकाहरुकाे सुरक्षाका लागि सुरक्षा समिति गठन गर्ने तयारी गरिएको छ । क्वारेन्टाइनमा सुरक्षा व्यवस्थापनका लागि अहिले भइरहेको जनशक्तिले नभ्याउने भएपछि सुरक्षा समिति गठन गर्न लागिएको हो । क्वारेन्टाइन सुरक्षा समिति गठन गरेर त्यसमार्फत सामुदायिक प्रहरी परिचालन गरिने योजना रहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानाएका छन् । जिल्ला भरका प्रत्येक क्वारेन्टाइनमा सुरक्षा निकाएको एक जना प्रतिनिधि रहने गरि सबै पालिकाका प्रमुखसंग बसेर कार्यबिधि तयार गरिने योजना रहेको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी रेग्मीले कोरोना रोकथाम र नियन्त्रणका लागि जनसमुदायलाई परिचालन गर्न आवश्यक रहेकाले तत्काल संरचना बनाएर सामुदायिक प्रहरी परिचालन गरिने बताए । उनले अहिले जिल्लामा सात सयको हाराहारीमा मात्रै प्रहरी जनशक्ति हुँदा क्वारेन्टाइनमा सुरक्षा दिन समस्या भएकाले समुदायलाई नै परिचालन गरेर सुरक्षा व्यवस्थापन गर्न लागिएको जानकारी दिए । रेग्मीले अहिले कोरोना नियन्त्रणनै पहिलो प्राथमिकता रहेकाले क्वारेन्टाइन व्यवस्थापनलाई सुधार गरिने बताए । उनका अनुसार अब प्रशासनले क्वारेन्टाइनको सबै पक्षको अनुगमन गरेर व्यवस्थित गर्ने छ । त्यस्तै आसुलेसनको ब्यब्यबस्थापन गर्नका लागि पनि आबश्यक छलपल गरेर काम गरिने उनको भनाई छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार हुम्लाका एक बिरामीको बेहाल, लामो समयदेखि गोठमा बास दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च धेरै पढिएका १ जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल २ अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ७ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा Kalpana Craft ट्रेण्डिङ जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै यी हुन कपाललाई सुन्दर र मजबुत बनाउने खानेकुरा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु यसकारण झर्छ कपाल जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै यी हुन कपाललाई सुन्दर र मजबुत बनाउने खानेकुरा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु यसकारण झर्छ कपाल