गृहपृष्ठ ∕ प्रदेश १ ∕ म्याद गुज्रिएको औषधी बेच्ने ३ लाख धरौटीमा रिहा म्याद गुज्रिएको औषधी बेच्ने ३ लाख धरौटीमा रिहा हेल्थ आवाज शनिबार, २०७७ असार २७ गते, १८:५८ मा प्रकाशित विराटनगर—मानव स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद गुज्रिएको औषधी बिक्री गरेको आरोपमा पक्राउ परेका विराटनगर– ९ को हाम्रो फ्रेन्डसीप फार्मेसीका संचालक विकास मण्डल धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजालसले मण्डललाई ३ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम बुझाएर मण्डल तारेखमा छुटेको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । गत १६ फागुनमा औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा फ्रेन्डसीप फार्मेसीबाट १५ प्रकारको औषधी म्याद गुज्रिएको बरामद भएको थियो । औषधी व्यवस्था विभागका फार्मेसी अधिृकत चतुर्भुजप्रसाद यादवको नेतृत्वको टोलीले हाम्रो फ्रेन्डसीप फार्मेसीबाट म्याद सकिएको औषधी बरामद गरेपछि संचालक मण्डललाई पक्राउ गरेको थियो । पक्राउ परेका मण्डललाई हिरासतमा राखेर नेपाल औषधी व्यवस्था विभाग विराटनगरले अनुसन्धान पूरा गरेपछि अदालतमा अभियोग दायर गरेको थियो । अदालतमा अभियोग दर्ता भएपछि थुनछेक बहसपछि आएको आदेशले मण्डल छुटेका हुन् । मण्डललाई औषधी ऐन—२०३५ को दफा १८ बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो । फ्रेण्डसीप फार्मेसीले म्याद सकिएको औषधीमा लेबल लगाएर नयाँ मिति जारी गरी औषधी पुनः बिक्री गर्ने गरेको पाइएको थियो । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज