गृहपृष्ठ ∕ प्रदेश १ ∕ म्याद गुज्रिएको औषधी बेच्ने ३ लाख धरौटीमा रिहा म्याद गुज्रिएको औषधी बेच्ने ३ लाख धरौटीमा रिहा हेल्थ आवाज शनिबार, २०७७ असार २७ गते, १८:५८ मा प्रकाशित विराटनगर—मानव स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद गुज्रिएको औषधी बिक्री गरेको आरोपमा पक्राउ परेका विराटनगर– ९ को हाम्रो फ्रेन्डसीप फार्मेसीका संचालक विकास मण्डल धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजालसले मण्डललाई ३ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम बुझाएर मण्डल तारेखमा छुटेको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । गत १६ फागुनमा औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा फ्रेन्डसीप फार्मेसीबाट १५ प्रकारको औषधी म्याद गुज्रिएको बरामद भएको थियो । औषधी व्यवस्था विभागका फार्मेसी अधिृकत चतुर्भुजप्रसाद यादवको नेतृत्वको टोलीले हाम्रो फ्रेन्डसीप फार्मेसीबाट म्याद सकिएको औषधी बरामद गरेपछि संचालक मण्डललाई पक्राउ गरेको थियो । पक्राउ परेका मण्डललाई हिरासतमा राखेर नेपाल औषधी व्यवस्था विभाग विराटनगरले अनुसन्धान पूरा गरेपछि अदालतमा अभियोग दायर गरेको थियो । अदालतमा अभियोग दर्ता भएपछि थुनछेक बहसपछि आएको आदेशले मण्डल छुटेका हुन् । मण्डललाई औषधी ऐन—२०३५ को दफा १८ बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो । फ्रेण्डसीप फार्मेसीले म्याद सकिएको औषधीमा लेबल लगाएर नयाँ मिति जारी गरी औषधी पुनः बिक्री गर्ने गरेको पाइएको थियो । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल