२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअवैद्य मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पुरानो मेडिकल कलेजका तीन डाक्टर पक्राउ

अवैद्य मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पुरानो मेडिकल कलेजका तीन डाक्टर पक्राउ


काठमाडौं-अवैद्य मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजका तीन चिकित्सकसहित चार जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन ब्यूरोको टोलीले भरतपुरस्थित पुरानो मेडिकल कलेजका तीन चिकित्सक र एक जिल्ला प्रशासनका अधिकारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने चिकित्सकहरुमा प्रा. डा. राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती र डा. सुप्रभात श्रेष्ठ रहेका छन् । यस्तै जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेका छ । पक्राउ परेका डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका सदस्य छन् भने डा. वर्मा मिर्गाैला प्रत्यारोपण समितिका पूर्व अध्यक्ष हुन् ।

ब्यूरोका एक अधिकारीले अवैद्य मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चिकित्सकहरु पक्राउ परेको पुष्टि गरे । तर, उनले यसबारेमा थप बताउन चाहेनन्न । ‘हामी अनुसन्धानकै क्रममा छाैं,’ ती अधिकारीले भने, ‘भोलि नै सबै कुरा बाहिर ल्याउला ।’

ब्यूरोले आइतबार पक्राउ परेका चिकित्सकसहितलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ । कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज नामले समेत चिनिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ