गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ प्रहरी हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि प्रहरी हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि चन्द्रा कँडेल सोमबार, २०७७ असार २९ गते, ०८:१२ मा प्रकाशित सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । हिरासतमा रहेका ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । बलात्कार आरोपमा पक्राउ परेका उनमा असार २६ गते कोरोना पुष्टि भएपछि प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कोरोना पुष्टि भएका थुनुवा असार १५ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए। कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपि) राम प्रसाद घर्तिले जानकारी दिए । पीडितको उजुरीका आधारमा पक्राउ गरेको उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको उनको भनाइ छ। आरडिटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको थियो। तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरी नायव उपरिक्षक (डिएसपि) घर्तिले जिप्रकामा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरेको जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य… हुम्लाका महिलामा रक्तअल्पताको समस्या बढ्दो जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव कर्णाली प्रदेश अस्पतालको सिटी स्क्यान बिग्रिएको दुई महिनासम्म बनेन धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार