गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ प्रहरी हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि प्रहरी हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि चन्द्रा कँडेल सोमबार, २०७७ असार २९ गते, ०८:१२ मा प्रकाशित सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । हिरासतमा रहेका ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । बलात्कार आरोपमा पक्राउ परेका उनमा असार २६ गते कोरोना पुष्टि भएपछि प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कोरोना पुष्टि भएका थुनुवा असार १५ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए। कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपि) राम प्रसाद घर्तिले जानकारी दिए । पीडितको उजुरीका आधारमा पक्राउ गरेको उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको उनको भनाइ छ। आरडिटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको थियो। तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरी नायव उपरिक्षक (डिएसपि) घर्तिले जिप्रकामा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरेको जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ?