२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यके गर्भावस्था महिलालाई यौन प्रसारित रोग लाग्न सक्छ ?

के गर्भावस्था महिलालाई यौन प्रसारित रोग लाग्न सक्छ ?


गर्भावस्था महिलाको निम्ति एकदमै संवेदनशिल अवस्था हो । यो बेला उनीहरु अन्य समयको तुलनामा बढि संवेदनशिल हुने भएकाले उनीहरु सजिलै कुनै पनि रोगको सम्पर्कमा आउँछन् । यसैमध्ये यौन प्रसारित रोग पनि एक हो । के गर्भावस्थाको दौरानमा पनि एसटिडि(सेक्सुअल ट्रन्समिशन डिजिज) देखिन सक्छ? अवश्य देखिन सक्छ ।

गर्भावस्थाको दौरानमा पनि महिला अन्य सामान्य महिलाजस्तै यौन प्रसारित रोगको शिकार हुन्छिन् । हामीले के बुझ्न जरुरी छ भने, गर्भ भनेको एसटिडि विरुद्धको कुनै पनि सुरक्षा होइन । यसले महिलालाई त असर गर्छ नै यससँगै गर्भमा भएको उनको शिशुलाई समेत असर गर्दछ । कतिपय एसटिडि साइलेन्ट अर्थात् लक्षण बिना नै हुने हुँदा महिलाहरु आफू एसटिडिको शिकार भएको विषयमा अनविज्ञ रहन्छन् । जसबाट उनीसँगै उनको भावी सन्तानको निम्ति पनि घातक साबित हुन पुग्छ । तसर्थ, यदि तपाई गर्भवती हुनुहुन्छ भने तपाईले समयमै आफूमा यौन प्रसारित रोग एचआईभि, एड्स वा अन्य कुनै रोग भए वा नभएको उचित परीक्षण गराउनु पर्दछ ।

यदि गर्भावस्थामा गरेको परीक्षणअनुसार तपाई कुनै एसटिडिबाट संक्रमित हुनुहुन्छ भने त्यस्तो समयमा यसको प्रभाव तपाईको गर्भमा रहेको शिशुमा नपरोस् भन्ने विषयमा झन् चनाखो हुनुपर्दछ । एसटिडिको प्रभाव गर्भको शिशुमा कस्तो रहन्छ त? एसटिडि तपाईको निम्ति घातक त रहन्छ नै यससँगैतपाईको गर्भमा हुर्कदै गरेको शिशुमा पनि यसको नकरात्मक असर पर्छ ।

एसटिडिकै कारणले गर्भमा हुर्कदै गरेको शिशुमा समेत हुनमा समस्या देखिन्छ । यस्ता समस्या कोहि शिशुमा जन्मजातै रुपमा देखिन्छ भने कसैमा जन्मिएको महिना वा वर्षदिन पछि देखा पर्दछ । यसबाहेक हामीलाई थाहा नै छ एसडिटि संक्रमणको अर्थ एचआईभि संक्रमणको सजिलो माध्यम हो । तर, गर्भअवस्थाको दौरानमा उचित परीक्षण गराएको खण्डमा बेलैमा पहिचान गर्न सकेमा मात्रै पनि यस्ता अधिकांश संक्रमणबाट बच्न सकिन्छ । यसका लागि गर्भअवस्थाको शुरुवातीमा आवश्यकता अनुसार, मध्यम र अन्तिम अवस्थामा पनि गर्न सकिन्छ ।

गर्भावस्थाको दौरानमा एसटिडि संक्रमण हुनबाट कसरी जोगिने ?

एसटिडिबाट बच्ने सबैभन्दा सरल एवम् सहज उपाय भनेकै योनी, गुद्धार र मुखमैथुन बाट टाढा रहनु हो । यदि तपाई यौनको मामिलामा आफ्नो गर्भअवस्थामा पनि सक्रिय हुनुहुन्छ भने, तपाईमा क्लेमाइडिया हुने सम्भावना रहन्छ । र, यी समस्याबाट टाढा रहनका लागि निम्न यी दुई पक्षमा विशेष ध्यान दिनुपर्दछः

१. लामो समयदेखि कायम हुँदै आएको र एसटिडि तथ एचआइभि नेगेटिभ देखिएको व्यक्तिसँग मात्रै यौन सम्बन्ध कायम राख्ने ।

२.  प्रत्येक पटक यौनसम्बन्ध कायम गर्दा अनिवार्य रुपमा कन्डम तथा लेटेक्सको प्रयोग गर्ने ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ