२०८३ भदौ ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघर बसेर अफिसको काम गर्दा पेटको समस्या बढ्दै छ ? यी कुरामा ध्यान दिनुहोस्

घर बसेर अफिसको काम गर्दा पेटको समस्या बढ्दै छ ? यी कुरामा ध्यान दिनुहोस्


कोरोना महामारीको कारण प्राय मानिस हाल घरबाटै कार्यालयको काम गरिरहेका छन्। तर पूरा दिन घरमा नै बस्दा शारीरिक गतिविधिहरु कम हुने हुँदा र पूरा समय एकै ठाउँमा बसिरहँदा पाचन क्रियामा समस्या आउनु र पेट डम्म हुनु आम समस्या हो।

यस्तो अबस्थामा हामीले खानपानमा ध्यान दिनुपर्ने हुन्छ । स्वस्थ खानपानले पेटलाई राहत प्रदान गर्नुको साथै शरीरलाई जागरिलो बनाउन मद्दत गर्दछ।

पानी ज्यादा पिउनुहोस्

हरेक घन्टा पानी पिउनुहोस। यसबाट पेटमा ग्यास वा असहज महसुस भैरहेको छ भने पानी धेरै पिउँदा पेट सम्बन्धि समस्याबाट राहत मिल्नेछ।

‘जंक फूड’बाट टाढा रहनुहोस्

यदि जंक फूडको तपाई शोकिन हुनहुन्छ भने यस्तो शोक तपाईको स्वास्थ्यको लागि निकै हानिकारक हुने गर्छ। तपाईको पेटको अवस्था ठिक छैन भने आफै फित महसुस गर्न सक्नुहुन्न जसकारण जंक फुडबाट टाढै बस्नुहोस्। किनभने ‘जंक फुड’मा कार्बोहाइड्रेट, नुन र फ्याटको मात्रा ज्यादा हुन्छ। त्यस्ता खाध्य सामाग्रीमा पानीको मात्रा पनि निकै कम हुने गर्छ। यस्तोमा कब्जियत र पेटको समस्या बढ्ने गर्छ।

खाना चपाएर खानुहोस्

यदि तपाई छिटो-छिटो खाना खाने बानी छ भने आजैबाट हटाउनुहोस्। उक्त बानीले तपाईको पाचनप्रणालीलाई कमजोर बनाउने गर्छ। जसले गर्दा पेट फुल्ने, पेटमा दुख्ने, भारीपन जस्तो समस्या आउने गर्छ। त्यस्तैले खानेकुरा मज्जाले चपाएर खाने गर्नुपर्दछ।

मसालेदार भोजनबाट टाढा रहनुहोस्

घरमा खाना बनाउने समय धेरै मसला र प्रोसेस्ड फूडको उपयोग गर्नबाट बच्नुहोस्। भोजनमा धेरै फाइबरयुक्त खानेकुरा र मौसमी फल खाने गर्नुपर्छ।

‘ड्राईफ्रू़ट्स’ खानुहोस्

यदि काम गर्दा-गर्दै तपाईलाई भोक लाग्छ भने तपाई ड्राईफ्रूट्स खाने गर्नुहोस।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ