गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रित्तिँदै जुम्लाका क्वारेन्टाइन रित्तिँदै जुम्लाका क्वारेन्टाइन मानदत्त रावल शुक्रबार, २०७७ साउन २ गते, १८:२२ मा प्रकाशित जुम्ला – जुम्लाका स्थानीय तहमा रहेका क्वारेन्टाइन रित्तिँदै गएका छन् । एकताका एकै स्थानीय तहमा ५-६ सय नागरिक बस्दै आएपनि अहिले यहाँका क्वारेन्टाइन रित्तिँदै गएका हुन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले जिल्लाभर ६ जना नागरिक मात्र क्वारेन्टाइनमा बसेका छन् ।पातारासी गाउँपालिकामा दुई जना पुरुषमात्र क्वारेन्टाइन रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए । त्यसैगरी, तातोपानी गाउँपालिका एक जना महिला र तीन जना पुरुष क्वारेन्टाइनमा बसेका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका ८ सय बेडको क्वारेन्टाइनमा बसेर १४ दिनपछि दुई हजार ७०९ जना घर फर्किएको तथ्यांक रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । भारत तथा तेश्रो मुलुक र नेपालभित्रकै विभिन्न जिल्लाबाट लकडाउन अवधिमा १२ हजार १२९ जना नागरिक जिल्ला भित्रिएका हुन् । जिल्ला भित्रिने मध्ये ४ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण मध्ये ६९ जनालाई कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुगुमा २० वर्ष नपुग्दैं गर्भवती हुने ३३ प्रतिशत कर्णालीका ७१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर कर्णालीका हिमाली जिल्लामा औलो, दक्ष स्वास्थ्यकर्मीको अभाव रगत समूह पहिचान गर्न शिविर, १६८२ जनाको रगत परीक्षण आँखा शिविरबाट ६९ जनाले पाए आँखाको ज्योती जुम्लाका ७ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ७ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ट्रेण्डिङ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? योग के हो ? यसका प्रकार र फाइदा जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई नेपाली युवती लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? योग के हो ? यसका प्रकार र फाइदा जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई नेपाली युवती