गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रित्तिँदै जुम्लाका क्वारेन्टाइन रित्तिँदै जुम्लाका क्वारेन्टाइन मानदत्त रावल शुक्रबार, २०७७ साउन २ गते, १८:२२ मा प्रकाशित जुम्ला – जुम्लाका स्थानीय तहमा रहेका क्वारेन्टाइन रित्तिँदै गएका छन् । एकताका एकै स्थानीय तहमा ५-६ सय नागरिक बस्दै आएपनि अहिले यहाँका क्वारेन्टाइन रित्तिँदै गएका हुन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले जिल्लाभर ६ जना नागरिक मात्र क्वारेन्टाइनमा बसेका छन् ।पातारासी गाउँपालिकामा दुई जना पुरुषमात्र क्वारेन्टाइन रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए । त्यसैगरी, तातोपानी गाउँपालिका एक जना महिला र तीन जना पुरुष क्वारेन्टाइनमा बसेका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका ८ सय बेडको क्वारेन्टाइनमा बसेर १४ दिनपछि दुई हजार ७०९ जना घर फर्किएको तथ्यांक रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । भारत तथा तेश्रो मुलुक र नेपालभित्रकै विभिन्न जिल्लाबाट लकडाउन अवधिमा १२ हजार १२९ जना नागरिक जिल्ला भित्रिएका हुन् । जिल्ला भित्रिने मध्ये ४ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण मध्ये ६९ जनालाई कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वस्थ प्रदेश बनाउने अभियानमा गाउँ/सहर स्वस्थ बनाउन पैरवी कार्यक्रम असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने