गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रित्तिँदै जुम्लाका क्वारेन्टाइन रित्तिँदै जुम्लाका क्वारेन्टाइन मानदत्त रावल शुक्रबार, २०७७ साउन २ गते, १८:२२ मा प्रकाशित जुम्ला – जुम्लाका स्थानीय तहमा रहेका क्वारेन्टाइन रित्तिँदै गएका छन् । एकताका एकै स्थानीय तहमा ५-६ सय नागरिक बस्दै आएपनि अहिले यहाँका क्वारेन्टाइन रित्तिँदै गएका हुन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले जिल्लाभर ६ जना नागरिक मात्र क्वारेन्टाइनमा बसेका छन् ।पातारासी गाउँपालिकामा दुई जना पुरुषमात्र क्वारेन्टाइन रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए । त्यसैगरी, तातोपानी गाउँपालिका एक जना महिला र तीन जना पुरुष क्वारेन्टाइनमा बसेका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका ८ सय बेडको क्वारेन्टाइनमा बसेर १४ दिनपछि दुई हजार ७०९ जना घर फर्किएको तथ्यांक रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । भारत तथा तेश्रो मुलुक र नेपालभित्रकै विभिन्न जिल्लाबाट लकडाउन अवधिमा १२ हजार १२९ जना नागरिक जिल्ला भित्रिएका हुन् । जिल्ला भित्रिने मध्ये ४ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण मध्ये ६९ जनालाई कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा सञ्चारकर्मीलाई मर्यादित महिनावारी सम्बन्धि प्रशिक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रक्तदान कार्यक्रम सुर्खेतमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान शुभारम्भ कर्णाली प्रदेशका एक लाख २० हजार किशोरीलाई एचपीभी खोप दिइने कर्णाली प्रदेशका एक लाख बढी किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप… जुम्लाका करिब ९ हजार किशोरीलाई एचपीभी खोप लगाइने धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ५ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं Kalpana Craft ट्रेण्डिङ ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४०० शैय्याको शिक्षण अस्पताल बन्ने निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न स्वास्थ्यमन्त्रीको आग्रह कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री काठमाडौंमा अन्तर्राष्ट्रिय डायवेटिज कन्फ्रेन्स हुने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४०० शैय्याको शिक्षण अस्पताल बन्ने निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न स्वास्थ्यमन्त्रीको आग्रह कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री काठमाडौंमा अन्तर्राष्ट्रिय डायवेटिज कन्फ्रेन्स हुने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल