गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रित्तिँदै जुम्लाका क्वारेन्टाइन रित्तिँदै जुम्लाका क्वारेन्टाइन मानदत्त रावल शुक्रबार, २०७७ साउन २ गते, १८:२२ मा प्रकाशित जुम्ला – जुम्लाका स्थानीय तहमा रहेका क्वारेन्टाइन रित्तिँदै गएका छन् । एकताका एकै स्थानीय तहमा ५-६ सय नागरिक बस्दै आएपनि अहिले यहाँका क्वारेन्टाइन रित्तिँदै गएका हुन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले जिल्लाभर ६ जना नागरिक मात्र क्वारेन्टाइनमा बसेका छन् ।पातारासी गाउँपालिकामा दुई जना पुरुषमात्र क्वारेन्टाइन रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए । त्यसैगरी, तातोपानी गाउँपालिका एक जना महिला र तीन जना पुरुष क्वारेन्टाइनमा बसेका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका ८ सय बेडको क्वारेन्टाइनमा बसेर १४ दिनपछि दुई हजार ७०९ जना घर फर्किएको तथ्यांक रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । भारत तथा तेश्रो मुलुक र नेपालभित्रकै विभिन्न जिल्लाबाट लकडाउन अवधिमा १२ हजार १२९ जना नागरिक जिल्ला भित्रिएका हुन् । जिल्ला भित्रिने मध्ये ४ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण मध्ये ६९ जनालाई कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ कसरी गर्ने छालाको हेरचाह ? ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू