गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोभिड-१९ को जोखिम बढ्ने भन्दै कर्णाली प्रदेशसभामा पत्रिका नल्याउन आग्रह कोभिड-१९ को जोखिम बढ्ने भन्दै कर्णाली प्रदेशसभामा पत्रिका नल्याउन आग्रह चन्द्रा कँडेल बिहीबार, २०७७ साउन १५ गते, १२:३४ मा प्रकाशित सुर्खेत– कोरोना भाइरस अर्थात कोभिड-१९ को जोखिम बढ्न सक्ने भन्दै कर्णाली प्रदेशसभामा स्थानीय पत्र-पत्रिका नल्याउन प्रदेश सभाले सम्बन्धित पत्रिकाहरुलाई अनुरोध गरेको छ । प्रदेशसभा सचिवालयले स्थानीय पत्रिका आपूर्ति बन्द गराइएको पत्र सम्बन्धित पत्रिकाहरूलाई पठाएको जनाएको छ । कोरोना जोखिमको कारण देखाउँदै स्थानीय पत्रिका नल्याउन भनिएको हो। प्रदेशसभा सचिवालयले लेखेको पत्रमा अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि पत्रिका नल्याउन भनिएको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोनाको जोखिम बढ्ने भएकाले हाल पत्रिका आपूर्ति गर्न बन्द गरिएको बताए । उनले अनलाइनमार्फत पनि समाचारहरु पढ्न सकिने भएकाले जोखिमका समयमा पत्रिका नल्याउन अनुरोध गरिएको जानकारी दिए । ‘स्थानीय मात्र नभइ राष्ट्रिय पत्रिकाहरू पनि नल्याउन भनिएको छ । अहिले कोरोनाको जोखिम भएकाले स्थानीय तथा राष्ट्रिय पत्रिका बन्द गरिएको हो । प्रायः अनलाइनबाट समाचारहरू पढ्ने भएकाले पनि जोखिमको समयमा हामीले पत्रिका नल्याउन अनुरोध गरेका हौं,’ सचिव बुढाथोकीले भने । पत्रिका ल्याउदा सबै जनाले पढ्ने हुदाँ जोखिम बढ्ने खतरा देखिएकाले जोखिम कम नहुनेबेलासम्म पत्रिका नल्याउन आग्रह गरिएको उनको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ?