२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड-१९ को जोखिम बढ्ने भन्दै कर्णाली प्रदेशसभामा पत्रिका नल्याउन आग्रह

कोभिड-१९ को जोखिम बढ्ने भन्दै कर्णाली प्रदेशसभामा पत्रिका नल्याउन आग्रह


सुर्खेत– कोरोना भाइरस अर्थात कोभिड-१९ को जोखिम बढ्न सक्ने भन्दै कर्णाली प्रदेशसभामा स्थानीय पत्र-पत्रिका नल्याउन प्रदेश सभाले सम्बन्धित पत्रिकाहरुलाई अनुरोध गरेको छ ।

प्रदेशसभा सचिवालयले स्थानीय पत्रिका आपूर्ति बन्द गराइएको पत्र सम्बन्धित पत्रिकाहरूलाई पठाएको जनाएको छ । कोरोना जोखिमको कारण देखाउँदै स्थानीय पत्रिका नल्याउन भनिएको हो।

प्रदेशसभा सचिवालयले लेखेको पत्रमा अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि पत्रिका नल्याउन भनिएको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोनाको जोखिम बढ्ने भएकाले हाल पत्रिका आपूर्ति गर्न बन्द गरिएको बताए । उनले अनलाइनमार्फत पनि समाचारहरु पढ्न सकिने भएकाले जोखिमका समयमा पत्रिका नल्याउन अनुरोध गरिएको जानकारी दिए ।

‘स्थानीय मात्र नभइ राष्ट्रिय पत्रिकाहरू पनि नल्याउन भनिएको छ । अहिले कोरोनाको जोखिम भएकाले स्थानीय तथा राष्ट्रिय पत्रिका बन्द गरिएको हो । प्रायः अनलाइनबाट समाचारहरू पढ्ने भएकाले पनि जोखिमको समयमा हामीले पत्रिका नल्याउन अनुरोध गरेका हौं,’ सचिव बुढाथोकीले भने । पत्रिका ल्याउदा सबै जनाले पढ्ने हुदाँ जोखिम बढ्ने खतरा देखिएकाले जोखिम कम नहुनेबेलासम्म पत्रिका नल्याउन आग्रह गरिएको उनको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ