२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ सञ्चालनमा आयो विराट नर्सिङ होम

सञ्चालनमा आयो विराट नर्सिङ होम


विराटनगर – विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) सिल भएको दुई सातापछि पूर्णरूपमा सोमबारदेखि संचालनमा आएको छ । अस्पतालका संचालकसमेत रहेका एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले गत साउन ८ गते सिल गरेको थियो ।

दुईसातासम्म अस्पताल सेनिटाइजर गरेपछि संचालनमा ल्याएको सोमबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूको स्वाब संकलन गरी पिसिआर प्रविधिबाट परीक्षण गरी अस्पताललाई पूर्णरुपमा सेनिटाइजर गरेर सञ्चालनमा ल्याएको अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले जानकारी दिए ।

‘अस्पताल सिल गरेपछि हामीले यहाँ कार्यरत सम्पूर्ण कर्मचारीको स्बाव संकलन गरेका थियौं, ’रिपोर्ट पोजेटिभ आउने कोभिड अस्पताल र नेगेटिभ आएका स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा रहेका छौं ।’ अस्पताल पूर्णरुपमा सञ्चालन गर्न आफूहरु तयार भए पनि नेपाल चिकित्सक संघ कोशी शाखाले जारी गरेको विज्ञप्तिलाई सम्मान गर्दै अर्काे सूचना जारी नभएसम्म आकस्मिक सेवा मात्र सञ्चालनमा ल्याइएको प्रशासन प्रमुख विनाडीले बताए ।

‘दुई साता सिल गरेपछि अस्पताल सेनिटाइजर गरेर पुनः सञ्चालन गर्न पाएकोमा हामी धेरै खुसी छौं, ’विनाडीले भने, ‘अस्पतालले गुज्रने परेको यस्तो अवस्थामा माया, साथ, सहयोग र विश्वास गरिदिनुहुने सबैलाई धन्यवाद ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ