गृहपृष्ठ ∕ समाचार ∕ टोमोथेरापी आएको दुई वर्षमा पनि उपकरण राख्ने बंकर खाली भएन टोमोथेरापी आएको दुई वर्षमा पनि उपकरण राख्ने बंकर खाली भएन हेल्थ आवाज सोमबार, २०७७ भदौ १ गते, १५:३९ मा प्रकाशित काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दुई वर्ष अघि खरिद गरी ल्याएको अत्याधुनिक सी.टी. सिमुलेटर र टोमोथेरापी मेसिन हालसम्म पनि जडान भएको छैन । सो मेसिन समय मै जडान नहुँदा क्यान्सरका विरामीको उपचार सेवा प्रभावित भएको छ । उपकरण राख्ने स्थानको टुंगो नलाग्दै खरिद गरेर ल्याएका ती उपकरण कुन र कस्तो अवस्थामा राखिएको छ ? भन्ने बारे समेत जानकारी छैन। अस्पतालले ४७ करोड ९० लाख ६० हजारमा सी.टी. सिमुलेटर र टोमोथेरापी मेसिन खरिद गरेको थियो । दुई वर्षसम्म पनि उक्त मेसिन जडान गरी गरिब बिरामीलाई स्वास्थ्य सेवा नदिएको प्रति महालेखाले प्रश्न उठाएको छ । अस्पतालले त्यस अघि सेवा दिँदै आएको क्यान्सरको उपचारका लागि प्रयोग गरिएको कोवाल्ट ६० रेडियो एक्टिभ सोर्सको पनि सुरक्षित व्यवस्थापन गर्न सकेको छैन । अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले उपकरणका लागि ठाउँको व्यवस्थापन हुँदै गरेको बताउँछन् । यता, महालेखाले भने समयमै कोवाल्टको व्यवस्थापन नभएको र खरिद भएको उपकरण राख्ने बंकर खाली नगर्दा हालसम्म जडान नभएको जनाएको छ । वर्षमा ५ हजार भन्दा बढी बिरामीले क्यान्सरको रेडिएसन दिँदै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ३ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ४ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ५ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन Kalpana Craft ट्रेण्डिङ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी थप ६ जना संक्रमितको मृत्यु, २१९ संक्रमित आइसीयु र भेन्टिलेटरमा टोमोथेरापी आएको दुई वर्षमा पनि उपकरण राख्ने बंकर खाली भएन पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी थप ६ जना संक्रमितको मृत्यु, २१९ संक्रमित आइसीयु र भेन्टिलेटरमा टोमोथेरापी आएको दुई वर्षमा पनि उपकरण राख्ने बंकर खाली भएन