गृहपृष्ठ ∕ समाचार ∕ टोमोथेरापी आएको दुई वर्षमा पनि उपकरण राख्ने बंकर खाली भएन टोमोथेरापी आएको दुई वर्षमा पनि उपकरण राख्ने बंकर खाली भएन हेल्थ आवाज सोमबार, २०७७ भदौ १ गते, १५:३९ मा प्रकाशित काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दुई वर्ष अघि खरिद गरी ल्याएको अत्याधुनिक सी.टी. सिमुलेटर र टोमोथेरापी मेसिन हालसम्म पनि जडान भएको छैन । सो मेसिन समय मै जडान नहुँदा क्यान्सरका विरामीको उपचार सेवा प्रभावित भएको छ । उपकरण राख्ने स्थानको टुंगो नलाग्दै खरिद गरेर ल्याएका ती उपकरण कुन र कस्तो अवस्थामा राखिएको छ ? भन्ने बारे समेत जानकारी छैन। अस्पतालले ४७ करोड ९० लाख ६० हजारमा सी.टी. सिमुलेटर र टोमोथेरापी मेसिन खरिद गरेको थियो । दुई वर्षसम्म पनि उक्त मेसिन जडान गरी गरिब बिरामीलाई स्वास्थ्य सेवा नदिएको प्रति महालेखाले प्रश्न उठाएको छ । अस्पतालले त्यस अघि सेवा दिँदै आएको क्यान्सरको उपचारका लागि प्रयोग गरिएको कोवाल्ट ६० रेडियो एक्टिभ सोर्सको पनि सुरक्षित व्यवस्थापन गर्न सकेको छैन । अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले उपकरणका लागि ठाउँको व्यवस्थापन हुँदै गरेको बताउँछन् । यता, महालेखाले भने समयमै कोवाल्टको व्यवस्थापन नभएको र खरिद भएको उपकरण राख्ने बंकर खाली नगर्दा हालसम्म जडान नभएको जनाएको छ । वर्षमा ५ हजार भन्दा बढी बिरामीले क्यान्सरको रेडिएसन दिँदै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन