गृहपृष्ठ ∕ समाचार ∕ मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न हेल्थ आवाज शनिबार, २०७७ भदौ ६ गते, १६:३९ मा प्रकाशित सुर्खेत– मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शुक्रबार र शनिबार मुगुमकार्मारोङ गाउँपालिकाकोे स्वास्थ्य शाखा अन्तर्गत दन्त शिविर संचालन गरिएको हो । शुक्रबार दन्त समस्या भएका १९ जनाले शिविर मार्फत निःशुल्क उपचार गराएका छन् । दाँतको समस्याबाट ग्रसित स्थानीयवासीलाई सामुदायिक अस्पताल रिउसबगरमा निःशुल्क दन्त शिविर संचालन गरि सेवा प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक बलिराज बुढाले जानकारी दिए । जस अन्तर्गत ११ जना महिला र ८ जना पुरुषलाई निःशुल्क दन्त उपचार सेवा प्रदान गरिएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले जारी गरेको लकडाउन र निर्धारित स्वास्थ्य मापदण्डलाई आत्मसाथ गरि सामाजिक दुरी कायम राख्दै स्वास्थ्य शाखाले दाँतको समस्या भएका स्थानीयवासीलाई उपचार दिएको हो । जनस्वास्थ्य निरीक्षक बुढाका अनुसार दाँत सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट दन्त समस्या भएका ब्यक्तिहरुलाई सेवा प्रदान गरिएको हो । जनस्वास्थ्य निरीक्षक बुढा र सामुदायिक स्वास्थ्य निरीक्षक राज बहादुर रोकायाको नेतृत्वमा रहेको टोलीले उक्त गाउँपालिकाका स्थानीयलाई सेवा प्रदान गरेका हुन् । सामुदायिक स्वास्थ्य केन्द्रमा सेवा लिन आएका मुगुमकार्मारोङ गाउँपालिका वडा नं ६ रिउसका स्थानीय ताक्पा लामाले दाँतको समस्याबाट ग्रसित भएको अवस्थामा समयमै शिविर सञ्चालन भएकोले दाँतको समस्याबाट छुटकरा पाएकोमा खुशी व्यक्त गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने