गृहपृष्ठ ∕ समाचार ∕ मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न हेल्थ आवाज शनिबार, २०७७ भदौ ६ गते, १६:३९ मा प्रकाशित सुर्खेत– मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शुक्रबार र शनिबार मुगुमकार्मारोङ गाउँपालिकाकोे स्वास्थ्य शाखा अन्तर्गत दन्त शिविर संचालन गरिएको हो । शुक्रबार दन्त समस्या भएका १९ जनाले शिविर मार्फत निःशुल्क उपचार गराएका छन् । दाँतको समस्याबाट ग्रसित स्थानीयवासीलाई सामुदायिक अस्पताल रिउसबगरमा निःशुल्क दन्त शिविर संचालन गरि सेवा प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक बलिराज बुढाले जानकारी दिए । जस अन्तर्गत ११ जना महिला र ८ जना पुरुषलाई निःशुल्क दन्त उपचार सेवा प्रदान गरिएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले जारी गरेको लकडाउन र निर्धारित स्वास्थ्य मापदण्डलाई आत्मसाथ गरि सामाजिक दुरी कायम राख्दै स्वास्थ्य शाखाले दाँतको समस्या भएका स्थानीयवासीलाई उपचार दिएको हो । जनस्वास्थ्य निरीक्षक बुढाका अनुसार दाँत सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट दन्त समस्या भएका ब्यक्तिहरुलाई सेवा प्रदान गरिएको हो । जनस्वास्थ्य निरीक्षक बुढा र सामुदायिक स्वास्थ्य निरीक्षक राज बहादुर रोकायाको नेतृत्वमा रहेको टोलीले उक्त गाउँपालिकाका स्थानीयलाई सेवा प्रदान गरेका हुन् । सामुदायिक स्वास्थ्य केन्द्रमा सेवा लिन आएका मुगुमकार्मारोङ गाउँपालिका वडा नं ६ रिउसका स्थानीय ताक्पा लामाले दाँतको समस्याबाट ग्रसित भएको अवस्थामा समयमै शिविर सञ्चालन भएकोले दाँतको समस्याबाट छुटकरा पाएकोमा खुशी व्यक्त गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा