२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न

मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न


सुर्खेत– मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शुक्रबार र शनिबार मुगुमकार्मारोङ गाउँपालिकाकोे स्वास्थ्य शाखा अन्तर्गत दन्त शिविर संचालन गरिएको हो ।

शुक्रबार दन्त समस्या भएका १९ जनाले शिविर मार्फत निःशुल्क उपचार गराएका छन् । दाँतको समस्याबाट ग्रसित स्थानीयवासीलाई सामुदायिक अस्पताल रिउसबगरमा निःशुल्क दन्त शिविर संचालन गरि सेवा प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक बलिराज बुढाले जानकारी दिए ।

जस अन्तर्गत ११ जना महिला र ८ जना पुरुषलाई निःशुल्क दन्त उपचार सेवा प्रदान गरिएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले जारी गरेको लकडाउन र निर्धारित स्वास्थ्य मापदण्डलाई आत्मसाथ गरि सामाजिक दुरी कायम राख्दै स्वास्थ्य शाखाले दाँतको समस्या भएका स्थानीयवासीलाई उपचार दिएको हो ।

जनस्वास्थ्य निरीक्षक बुढाका अनुसार दाँत सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट दन्त समस्या भएका ब्यक्तिहरुलाई सेवा प्रदान गरिएको हो । जनस्वास्थ्य निरीक्षक बुढा र सामुदायिक स्वास्थ्य निरीक्षक राज बहादुर रोकायाको नेतृत्वमा रहेको टोलीले उक्त गाउँपालिकाका स्थानीयलाई सेवा प्रदान गरेका हुन् ।
सामुदायिक स्वास्थ्य केन्द्रमा सेवा लिन आएका मुगुमकार्मारोङ गाउँपालिका वडा नं ६ रिउसका स्थानीय ताक्पा लामाले दाँतको समस्याबाट ग्रसित भएको अवस्थामा समयमै शिविर सञ्चालन भएकोले दाँतको समस्याबाट छुटकरा पाएकोमा खुशी व्यक्त गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ