गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज सोमवार, २०७७ भदौ ८ गते, ११:०० मा प्रकाशित विराटनगर—विराटनगरमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि कोभिड उपचार केन्द्रमा ल्याइएको एक घण्टा भित्रमा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । श्वासप्रश्वासमा एक्कासी समस्या भएपछि राती ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो । ‘उपचारका लागि ल्याउँदा अवस्था गम्भीर बनिसकेको थियो,’ अस्पतालका प्रमुख फिजिसियन डा. दिपक सिग्देलले भने, ‘उपचारको क्रममा मृत्यु हुन पुग्यो ।’ मृतक पुरुष अवकाश प्राप्त शिक्षक रहेको खुलेको छ । मृतक पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै विराटनगरको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । विराटनगरमा कोरोना संक्रमणको कारण हालसम्म मृत्यु हुने १ महिलासहित १० जना पुगेको छ । प्रदेश १ मा कोरोनाको कारण मृत्यु हुने १७ जना पुगेका छन् । जसमध्ये १४ जना मोरङ र तीन जना सुनसरी धरानका रहेका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री