गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ भदौ ८ गते, ११:०० मा प्रकाशित विराटनगर—विराटनगरमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि कोभिड उपचार केन्द्रमा ल्याइएको एक घण्टा भित्रमा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । श्वासप्रश्वासमा एक्कासी समस्या भएपछि राती ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो । ‘उपचारका लागि ल्याउँदा अवस्था गम्भीर बनिसकेको थियो,’ अस्पतालका प्रमुख फिजिसियन डा. दिपक सिग्देलले भने, ‘उपचारको क्रममा मृत्यु हुन पुग्यो ।’ मृतक पुरुष अवकाश प्राप्त शिक्षक रहेको खुलेको छ । मृतक पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै विराटनगरको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । विराटनगरमा कोरोना संक्रमणको कारण हालसम्म मृत्यु हुने १ महिलासहित १० जना पुगेको छ । प्रदेश १ मा कोरोनाको कारण मृत्यु हुने १७ जना पुगेका छन् । जसमध्ये १४ जना मोरङ र तीन जना सुनसरी धरानका रहेका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई