गृहपृष्ठ ∕ प्रदेश १ ∕ विपीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु विपीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु अनिल श्रेष्ठ सोमवार, २०७७ भदौ ८ गते, ११:०६ मा प्रकाशित सांकेतिक तस्वीर विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको पनि मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय ती व्यवसायी संक्रमितको आइतबार साँझ साढे ६ बजे मृत्यु भएको हो । साउन २९ गते कोरोना पुष्टि भएपछि ३० गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापी पद्धतिबाट उपचार गरिएको थियो । मोरङको सुन्दरहरैचाका कोरोनामुक्त भएका युवाले प्लाज्मा दिएका उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृतक पुरुष विपीमा प्लाज्मा थेरापी गरिएका पहिलो संक्रमित हुन् । प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको शनिबार दिउँसो मृत्यु भएको थियो । यो सँगै धरानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या तीन जना पुगेको छ । एक महिला र दुई पुरुषको मृत्यु भएको हो । प्रदेश १ मा कारोनाको कारण ज्यान गुमाउने हालसम्म १७ जना पुगेका छन् । जसमध्ये १४ जना मोरङ र तीन जना सुनसरीको धरानका हुन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री