२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगंज मेडिकल कलेजमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

नेपालगंज मेडिकल कलेजमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु


धनगढी—नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट मुत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको तथ्यांक विभागमा मेडिकल रेकर्डर पदमा कार्यरत थिए ।

प्लाज्मा थेरापी विधिका साथै रेम्डेसिभिर समेत दिएर उपचार गरिएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

उनको कोरोना संक्रमणको आशंकामा भदौ भदौं २९ मा स्वाव संकलन गरिएको थियो । ३१ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई सोही दिन राति ८ः२५ बजे अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।

उनी दुवैतर्फको फोक्सोमा निमोनिया हुनुका साथै मधुमेहलगायतका स्वास्थ्य समस्या रहेको अस्पतालले जनाएको छ ।

मृतक कर्मचारी २० वर्षदेखि मेडिकल कलेजमा कार्यरत थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ