२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगंज मेडिकल कलेजमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

नेपालगंज मेडिकल कलेजमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु


धनगढी—नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट मुत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको तथ्यांक विभागमा मेडिकल रेकर्डर पदमा कार्यरत थिए ।

प्लाज्मा थेरापी विधिका साथै रेम्डेसिभिर समेत दिएर उपचार गरिएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

उनको कोरोना संक्रमणको आशंकामा भदौ भदौं २९ मा स्वाव संकलन गरिएको थियो । ३१ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई सोही दिन राति ८ः२५ बजे अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।

उनी दुवैतर्फको फोक्सोमा निमोनिया हुनुका साथै मधुमेहलगायतका स्वास्थ्य समस्या रहेको अस्पतालले जनाएको छ ।

मृतक कर्मचारी २० वर्षदेखि मेडिकल कलेजमा कार्यरत थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ