२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश ५ मा अस्पताल विकास समिति गठन प्रक्रिया सुरु

प्रदेश ५ मा अस्पताल विकास समिति गठन प्रक्रिया सुरु


डी.आर. बन्जाडे

बुटवल–प्रदेश ५ का प्रादेशिक अस्पतालहरुमा अस्पताल विकास समिति गठनका लागि बाटो खुलेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अस्पतालको विकास समिति गठन आदेश–२०७६ स्वीकृत गर्न सुरु गरेसँगै विकास समिति गठनको बाटो खुलेको हो ।

प्रदेश सरकारले प्रत्येक अस्पतालका लागि छुट्टा–छुट्टै विकास समिति गठन आदेश स्वीकृत गर्नुपर्ने प्रावधानअनुसार सो पक्रिया सुरु गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । ‘प्रत्येक अस्पतालका लागि विकास समिति गठन गर्दा गठन आदेश स्वीकृत गर्नुपर्ने प्रावधानअनुसार हामी प्रक्रिया सुरु गरेका छौं । पहिलो चरणमा दुई वटा अस्पतालहरुको गठन आदेश स्वीकृत भएको छ,’ उनले भने ।

पहिलो चरणमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल दाङका लागि अस्पतालको विकास समिति गठन आदेश–२०७६ स्वीकृत गरेको छ ।

यो सँगै ती दुई अस्पतालमा विकास समिति गठनको लागि बाटो खुलेको छ । संघीय संरचनाअनुसार प्रदेश मतहातमा अस्पताल विकास समितिको गठन तथा संचालनको अधिकार प्रदेशमा आएपछि यसअघिको अस्पताल विकास समिति विघटन भएको थियो ।
त्यस्तै, प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको करार नियुक्ति तथा म्याद थप गर्न स्वीकृती दिने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ