२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन


काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार झापाको विर्तामोड नगरपालिका ५ मा अबस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका हुन्।

उनले उद्घाटन समारोहमा बोल्दै भने,  ‘यो अस्पताल विश्वस्तरको सुविधासम्पन्न अस्पताल हो। यो क्षेत्रका बासीलाई मात्र नभएर देश देखि विदेशका नागरिकले समेत सस्तो शुल्कमा उपचार गर्न  पाउने खुशीको कुरा हो ।’

प्रधानमन्त्री ओलीले बिएण्डसी अस्पताललाई शिक्षण अस्पतालको रुपमा लैजाने बताए। ‘अब यो अस्पताल अस्पतालको रुपमा मात्रै रहँदैन । यो शिक्षण अस्पतालको रुपमा अघि बढ्छ । केहि समय अघि नै यसको प्रक्रिया हामीले अगाडी बढाएका छौँ ।’ ,उनले भने ।

प्रधानमन्त्री ओलीले अस्पतालको अस्पतालको उद्घाटन गर्नुको साथै कक्षहरु समेत अवलोकन गरेका छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईको ६ अर्ब रुपैयाँ लगानीमा बनेको सो अस्पतालमा ३ सय शैय्या रहेको छ। करिब १ वर्ष देखि सेवा दिँदै आएको सो अस्पताल पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ठुलो ऐतिहासिक सफलता मानिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ