गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री हेल्थ आवाज बिहीबार, २०७७ फागुन २७ गते, १४:४९ मा प्रकाशित फाइल तस्वीर काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै सुरु हुने बताएका छन् । बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा काठमाडौंमा आयोजित चेतनामूलक प्रभातभेरीका कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । आफैं दुई पटक मिर्गौलाको प्रत्यारोपण गरेका ओलीले नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा सुरु गर्नका लागि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन एवं मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहसहितको टिम क्रियाशील रहेको बताए । प्रधानमन्त्रीले मिर्गौला रोगबाट बचाउने र प्रत्यारोपणसहितको सम्पूर्ण सेवा स्वदेशमै उपलब्ध गराउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले आफूले रहरमा नभएर नेपालमा प्रत्यारोपण सेवा नभएकाले विदेशमा गएर मिर्गौला प्रत्यारोपण गराएको बताए । प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपण भारतमा भएको थियो । उनले दोस्रो मिर्गौला प्रत्यारोपण भने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट