२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णालीको उपकुलपति हुन २१ जनाको आवेदन, पोखरा र पाटनमा १२-१२ जना

कर्णालीको उपकुलपति हुन २१ जनाको आवेदन, पोखरा र पाटनमा १२-१२ जना


काठमाडौं—१५ दिनअघि रिक्त भएका तीन प्रतिष्ठानका उपकुलपतिका लागि चिकित्सकहरुबीच चर्को प्रतिस्पर्धा देखिने भएको छ । एक हप्ताअघि ती प्रतिष्ठानका उपकुलपतिका लागि सरकारले आवेदन माग गरेको थियो ।

सरकारले गठन गरेको उपकुलपति सिफारिस समितिले आइतबारसम्म आवेदन दिन समय तोकेको थियो । तोकिएको समयभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २१ जनाको आवेदन परेको छ ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १२ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि १२ जनाकै आवेदन परेको मन्त्रालय स्रोतले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यबाहक उपकुलपति डा. मंगल रावल, निवर्तमान उपकुलपति प्रा.डा. राजेन्द्र वाग्ले, डिन डा. रेशम राना, रेक्टर निरेश थापा, डा. सुर्यमान लिम्बु, प्रा.डा. तरुण पौडेल, डा. राजीव साह, प्रा. डा रामप्रसाद उप्रेती, प्रा.डा. गेहनाथ बराललगायतले २१ जनाले आवेदन दिएका छन् ।

त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यवाहक उपकुलपति प्रा.डा.राजेशनाथ गंगोल, रजिष्ट्रार प्रा.डा. पारसकुमार आचार्य, प्रा.डा. गेहनाथ बराल, प्रा.डा. राजेन्द्र वाग्लेलगायत १२ जनाले आवेदन दिएका छन् ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा. ध्रुव अधिकारी, डा. भरत खत्री, डा. डुपबहादुर क्षेत्री, डा. श्रीकृष्ण श्रेष्ठ, डा. विजय अर्याललगायत १२ जनाको आवेदन परेको छ ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गर्नेछ । उक्त सिफारिस समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र राष्ट्रिय योजना आयोगकी शिक्षा, स्वास्थ्य हेर्ने उषा झा सदस्य छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ