२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनीमा ‘अक्सिजन सप्लाई’को अभाव, सरकार भन्छ–दाङबाट अक्सिजन उत्पादन सुरु भयो

लुम्बिनीमा ‘अक्सिजन सप्लाई’को अभाव, सरकार भन्छ–दाङबाट अक्सिजन उत्पादन सुरु भयो


बुटवल-लुम्बिनी प्रदेशमै कोभिड–१९ का बिरामीका लागि ‘अक्सिजन सप्लाई’मा चरम अभाव देखिएको छ । कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टले महामारीको रुप लिन थालेसँगै अस्पतालहरुले अक्सिजन नभएको भन्दै सहयोगको याचना गरिरहेका छन् ।

बेड अभावसँगै अक्सिजनसमेत अभाव हुँदा अवस्था विकराल बन्न सक्ने संकेत देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आवश्यकताभन्दा ज्यादै न्यून अक्सिजन रहेको अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल बताउँछन् । ‘अस्पतालमा अहिले दैनिक ५ देखि ६ सयसम्म सिलिण्डर अक्सिजन आवश्यक देखिएको छ । तर, हामीसँग २ देखि साढे दुई सय वटा मात्रै सिलिन्डर आपूर्ति भैरहेको छ,’ उनले भने ।

उता भैरहवाको भीम अस्पतालले पनि अक्सिजन अभाव हुँदा नयाँ भर्ना हुन आउने बिरामीका लागि अक्सिजन पुर्याउन नसक्ने बताएको छ । कोभिड–१९ का बिरामीको अत्याधिक चापका कारण अक्सिजनको सप्लाई अपुग भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए ।

बाँकेमा रहेको नेपालगन्ज मेडिकल कलेजले अक्सिजन अभावमा नयाँ भर्ना लिन नसक्ने बताइसकेको छ । अक्सिजन अभावमा समस्या भैरहेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल १ सय ३३ संक्रमितको उपचार भैरहेको छ ।

यता भेरी अस्पताल नेपालगन्जको पनि अवस्था उस्तै छ । अक्सिजन अभाव हुन थालेपछि समस्या झन–झन बढ्दै गएको छ । अस्पतालमा रहेका १ सय ४२ वटा बेडमा अक्सिजनको प्रेसर पुग्ने गरी बनाइएको संरचनामा साढे २ सय बढी संक्रमितलाई जबर्जस्ती अक्सिजन दिइएको छ । जसले गर्दा अक्सिजनको फ्लोमा समस्या हुने गरेको छ । अक्सिजन अभावमा समस्या झेल्नु परेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल बताउँछन् ।

प्रदेश सरकारले भने अक्सिजनको जोहो गर्ने प्रयास भैरहेको जनाएको छ । मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशका सबै प्लान्टवाट नियमित रुपमा अक्सिजन उत्पादन हुने बताएका छन् । बन्द रहेको दाङको अक्सिजन प्लान्ट पनि सुचारु भएको उनको दावी छ । भारतवाट लिक्विड अक्सिजन आउन थालेको उनले बताए । थप अक्सिजन सिलिण्डरको व्यवस्था समेत बताउँदैं पोखरेल अक्सिजनका कारणले क्षमता सिमित गर्न नपर्ने बताउँछन् । उनले अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गर्न आग्रह गरेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ