२०८३ कात्तिक ४, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष विजेन्द्रको कोभिड–१९ संक्रमणबाट मृत्यु

भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष विजेन्द्रको कोभिड–१९ संक्रमणबाट मृत्यु


विराटनगर–विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । विराटनगर–१० घर भएका ५० वर्षीय परासरको उपचारको क्रममा विराट मेडिकल कलेजको कोभिड अस्पतालमा शनिबार ७ बजे मृत्यु भएको कोभिड इन्चार्ज सुनिल देवले जानकारी दिए ।

कोभिड–१९ संक्रमण भएपछि परासर ३१ वैशाखमा अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि सुरुमा जनरल वार्डमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि बिहीबार बेलुका भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

उपचारकै क्रममा उनको शनिबा विहान मृत्यु भएको अस्पतालले जनाएको छ । परासरको एक छोरा, एक छोरी र श्रीमती छन् । उनको शव अहिले विराटमा मेकिडल कलेजमा रहेको छ । १ बजे विराटनगरस्थित परोपकार घाटमा दाहासंस्कार गरिने बुझिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ