२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश‘मानवीय सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि दानवीय व्यवहार’

‘मानवीय सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि दानवीय व्यवहार’


बुटवल  – नेपाल चिकित्सक संघ लुम्बिनीले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यमाथि भएको ‘सांघातिक हमला’ भन्दै विरोध जनाएको छ । संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै घट्नाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारवाहीको माग समेत गरेको छ ।

संघका अध्यक्ष डा. इन्द्र ढकाल तथा महासचिव डा. सन्तोष पोखरेलद्धारा जारी विज्ञप्तीमा मानवीय सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि दानवीय व्यवहार हुनु निन्दनीय भएको भनिएको छ ।

‘दोषीलाई कुनै पनि राजनीतिक संरक्षणमा मुत्त नगरियोस भन्ने हाम्रो माग छ,’विज्ञप्तीमा भनिएको छ, ‘यस्तो परिस्थितिमा हामीलाई अन्य कदम चाल्न बाध्य नपारियोस् ।’

संघले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भए ‘जमानत विना हिरासत’ मा राख्नु पर्ने कानून पारित गर्न समेत भनेको छ । कानून निमार्णका लागि प्रदेश तथा संघ सरकारलाई संघको आग्रह  छ ।

अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीको बिहीबार राती मृत्युपछि आफन्तहरु अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि कुटपिटमा उत्रीएका थिए । कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड समेत गरेका थिए ।

घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ