२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित

यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित


सामान्यतया मानिसहरु ६ देखि ८ घन्टा सुत्ने गर्छन् । काम विशेष वा अन्य कुनै कारणले त्यो भन्दा अझै थोरै सुत्ने मानिस पनि छन् । तर उत्तरी काजकिस्तानमा एउटा गाँउ छ, जहाँका मानिस घन्टौ र कहिलेकाहाी महिनौंसम्म निदाउँछन । कलाची गाउँका करिब ६० सय बासिन्दा यस्तो समस्याबाट पीडित छन् । यहाँका बासिन्दा धेरै सुत्ने भएकोले यो गाउलाई कुम्भकर्ण गाउँ भनिन्छ ।

गाउँका मानिस हिँड्दा, आफ्नो काम गर्दा, सवारी चलाउँदा वा कार्यलयमा काम गर्दा गर्दै अकस्मात निदाउँछन् । उनीहरु कहिले ब्युझन्छन् भन्ने केही थाहा हुँदैन । कहिलेकाहिँ दुई चार घन्टा, साता र महिनासम्म उनीहरु निदाउँछन् । तर, उनीहरु निदाउनुको रहस्य अहिलेसम्म चिकित्सकहरुले पता लगाउन सकेका छैनन् ।

उनीहरु निदाउनुको कारणबारे वैज्ञानिकहरुले विभिन्न अनुसन्धान गरेका छन् । तर कुनै निस्कर्षमा पुग्न सकेका छैनन् । सर्वप्रथम सन् २०१० मा विद्यालय गएका विद्यार्थी अकस्मात विद्यालयमै निदाउन थालेका थिए । त्यसपछि अन्य मानिसहरु पनि बारम्बार निदाउन थाले ।

उनीहरु बसेको बस्ती नजिकै कुनै बेला युरेनियमको खानी रहेको र त्यसकै असर स्वरुप उनीहरु अकस्मात निदाउने समस्याले पीडित भएको केहीको भनाइ छ । तर अनुसन्धानकर्ताहरु भने यस विषयमा असहमति जनाउँछन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ