२०८३ कात्तिक ४, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ घर फर्किरहेका स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट, आक्रमणकारी गाउँघरमै

घर फर्किरहेका स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट, आक्रमणकारी गाउँघरमै


विराटनगर—मोरङको कटहरी गाउँपालिका–३ मा रहेको अजय मेडिकोका संचालक तथा फर्मासिस्ट सकलदेव कामत कुटपिटबाट घाइते भएका छन् । विराटनगरबाट घर गइरहेका बेला ३९ वर्षीय कामतलाई पाँच जनाको समूहले कटहरीमा राती कुटपिट गरेर घाइते बनाएका हुन् ।

औषधी व्यवसायीसमेत रहेका कामतलाई कटहरी ३ का २६ वर्षीय राम कमात, सोही ठाउँका २९ वर्षीय किसान कामतसहितको पाँच जनाको समूहले आक्रमण गरेर घाइते बनाएका हुन् । घाइते भएका कामतको ओठमा गहिरो चोट लागेको छ ।

कोशी अस्पतालमा उपचार गरेपछि उनले कुटपिट गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जाहेरी दिएको एक साता हुन लाग्दा पनि आरोपी पक्राउ नपरेको उनले बताए । ‘विराटनगरबाट को ३५ प ३०५५ नम्बरको मोटसाइकलमा कटहरी घर फर्किदै थिए । बाटो छेकेर राम कामतसहितका पाँच जनाको समूहले पाइप र मुक्काले निर्घात कुटपिट गरेर फरार भए,’ उनले भने । फर्मासिस्ट कामतलाई २३ कार्तिकमा राति आठ बजेको समयमा कुटपिट गरेको पीडितको भनाइ छ ।

आक्रमण गर्ने राम कामतसहित युवाको समूह केही दिन अगाडि अजय मेडिकोमा ‘कपसिरफ’ माग्न आएका थिए । कपसिरफ नदिदा पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको उनको भनाइ छ । प्रहरीले आक्रमणकारीलाई पक्राउ नगर्दा गाउँघरमा निस्फ्रिकी रूपमा हिडडुल गर्ने गरेको उनको आरोप छ । ‘अहिले आरोपी खुलेआम गाउँघरमा हिड्ने गरेका छन्,’ उनले भने, ‘प्रहरीले पक्राउ गरी दोषीलाई कारवाही नगर्दा न्याय पाउनबाट बन्चित हुनुपरेको छ ।’

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले पीडितले उजुरी दिएकाले घटनामा संलग्नको खोजीमा प्रहरी लागि परेको बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ