गृहपृष्ठ ∕ समाचार ∕ दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने हेल्थ आवाज मंगलबार, २०७९ साउन २४ गते, १७:१९ मा प्रकाशित काठमाडौं–वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएर बसको ठक्करबाट घाइते भएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उद्धार गरी नेपाल ल्याएकी जानकी मगरको थप उपचार पनि प्रसाईले आफ्नै अस्पताल बीएण्सीमा गरिदिने भएका छन् । मंगलबार प्रसाईंको सहयोगमा उनलाई नेपाल ल्याइएको छ । नेपाल आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा जानकीले दुर्घटनापछि आफू विदेशमा बेवारिसे भएको र खर्चका अभावको कारण थप उपचार गर्न नपाएको समेत बताइन् । नेपाली दूतावासमा पटक—पटक आग्रह गरेतापनि नेपाल आउन नसेकेको गुनासो उनको थियो । स्कुल बसको ठक्करबाट घाइते भएकी थापाको दुबईको एनएमसी रोयल अस्पतालमा उपचार भएको थियो । दुर्घटनाका कारण ७ ठाउँका हड्डी भाँच्चिएका कारण उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा छ । दुर्घटनामा परेपछि आफूले नेपाल गएर परिवारसँग भेट्न पाउने कल्पना पनि नगरेको उनले बताइन् । उनले आफूलाई नेपाल ल्याइदिएकोमा प्रसाईंलाई धन्यवाद दिइन् । ‘मलाई नेपाल आउन पाउँछु भन्ने आशा नै मरिसकेको थियो,’ उनले भनिन्, ‘उहाँ (दुर्गा प्रसाईं)ले सहयोग गरेर ल्याइदिनुभयो । मेरो सरकार, अभिभावक सबै उहाँ नै हो ।’ प्रसाईंले आफूले मानवताका नाताले विदेशमा मृत्यु भएकाको शव र बिरामीको उद्धार गरेको बताए । ‘म दुबई गएपछि साथीहरुले त्यहाँ गएर मृत्यु भएर पैसाको अभावमा शव ल्याउन नपाएको र घाइतेहरु अलपत्र परेको सुनाउनुभयो,’ उनले भने, ‘मेरो मानवीयताले त्यो टुलुटुलु हेर्न सकेन र सहयोग गरे ।’ उनले उद्धार गरी ल्याएकी जानकी मगरको थप उपचार बीएण्डसी अस्पतालमा निःशुल्क गरिने पनि जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ६ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? चीनमा पुनः लकडाउन घोषणा जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ग्यारेन्टी दिनुस् डाक्साब, मेरो बिरामी बाँच्ने कति चान्स छ? युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? चीनमा पुनः लकडाउन घोषणा जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ग्यारेन्टी दिनुस् डाक्साब, मेरो बिरामी बाँच्ने कति चान्स छ?