गृहपृष्ठ ∕ समाचार ∕ दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने हेल्थ आवाज मंगलबार, २०७९ साउन २४ गते, १७:१९ मा प्रकाशित काठमाडौं–वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएर बसको ठक्करबाट घाइते भएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उद्धार गरी नेपाल ल्याएकी जानकी मगरको थप उपचार पनि प्रसाईले आफ्नै अस्पताल बीएण्सीमा गरिदिने भएका छन् । मंगलबार प्रसाईंको सहयोगमा उनलाई नेपाल ल्याइएको छ । नेपाल आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा जानकीले दुर्घटनापछि आफू विदेशमा बेवारिसे भएको र खर्चका अभावको कारण थप उपचार गर्न नपाएको समेत बताइन् । नेपाली दूतावासमा पटक—पटक आग्रह गरेतापनि नेपाल आउन नसेकेको गुनासो उनको थियो । स्कुल बसको ठक्करबाट घाइते भएकी थापाको दुबईको एनएमसी रोयल अस्पतालमा उपचार भएको थियो । दुर्घटनाका कारण ७ ठाउँका हड्डी भाँच्चिएका कारण उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा छ । दुर्घटनामा परेपछि आफूले नेपाल गएर परिवारसँग भेट्न पाउने कल्पना पनि नगरेको उनले बताइन् । उनले आफूलाई नेपाल ल्याइदिएकोमा प्रसाईंलाई धन्यवाद दिइन् । ‘मलाई नेपाल आउन पाउँछु भन्ने आशा नै मरिसकेको थियो,’ उनले भनिन्, ‘उहाँ (दुर्गा प्रसाईं)ले सहयोग गरेर ल्याइदिनुभयो । मेरो सरकार, अभिभावक सबै उहाँ नै हो ।’ प्रसाईंले आफूले मानवताका नाताले विदेशमा मृत्यु भएकाको शव र बिरामीको उद्धार गरेको बताए । ‘म दुबई गएपछि साथीहरुले त्यहाँ गएर मृत्यु भएर पैसाको अभावमा शव ल्याउन नपाएको र घाइतेहरु अलपत्र परेको सुनाउनुभयो,’ उनले भने, ‘मेरो मानवीयताले त्यो टुलुटुलु हेर्न सकेन र सहयोग गरे ।’ उनले उद्धार गरी ल्याएकी जानकी मगरको थप उपचार बीएण्डसी अस्पतालमा निःशुल्क गरिने पनि जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपालमा थप ८४८ जनामा कोभिड पुष्टि, ४ संक्रमित भेन्टिलेटरमा चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपालमा थप ८४८ जनामा कोभिड पुष्टि, ४ संक्रमित भेन्टिलेटरमा