गृहपृष्ठ ∕ समाचार ∕ दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने हेल्थ आवाज मंगलबार, २०७९ साउन २४ गते, १७:१९ मा प्रकाशित काठमाडौं–वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएर बसको ठक्करबाट घाइते भएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उद्धार गरी नेपाल ल्याएकी जानकी मगरको थप उपचार पनि प्रसाईले आफ्नै अस्पताल बीएण्सीमा गरिदिने भएका छन् । मंगलबार प्रसाईंको सहयोगमा उनलाई नेपाल ल्याइएको छ । नेपाल आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा जानकीले दुर्घटनापछि आफू विदेशमा बेवारिसे भएको र खर्चका अभावको कारण थप उपचार गर्न नपाएको समेत बताइन् । नेपाली दूतावासमा पटक—पटक आग्रह गरेतापनि नेपाल आउन नसेकेको गुनासो उनको थियो । स्कुल बसको ठक्करबाट घाइते भएकी थापाको दुबईको एनएमसी रोयल अस्पतालमा उपचार भएको थियो । दुर्घटनाका कारण ७ ठाउँका हड्डी भाँच्चिएका कारण उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा छ । दुर्घटनामा परेपछि आफूले नेपाल गएर परिवारसँग भेट्न पाउने कल्पना पनि नगरेको उनले बताइन् । उनले आफूलाई नेपाल ल्याइदिएकोमा प्रसाईंलाई धन्यवाद दिइन् । ‘मलाई नेपाल आउन पाउँछु भन्ने आशा नै मरिसकेको थियो,’ उनले भनिन्, ‘उहाँ (दुर्गा प्रसाईं)ले सहयोग गरेर ल्याइदिनुभयो । मेरो सरकार, अभिभावक सबै उहाँ नै हो ।’ प्रसाईंले आफूले मानवताका नाताले विदेशमा मृत्यु भएकाको शव र बिरामीको उद्धार गरेको बताए । ‘म दुबई गएपछि साथीहरुले त्यहाँ गएर मृत्यु भएर पैसाको अभावमा शव ल्याउन नपाएको र घाइतेहरु अलपत्र परेको सुनाउनुभयो,’ उनले भने, ‘मेरो मानवीयताले त्यो टुलुटुलु हेर्न सकेन र सहयोग गरे ।’ उनले उद्धार गरी ल्याएकी जानकी मगरको थप उपचार बीएण्डसी अस्पतालमा निःशुल्क गरिने पनि जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ३ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास Kalpana Craft ट्रेण्डिङ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत My Journey Against Myeloma निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत My Journey Against Myeloma निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन