गृहपृष्ठ ∕ समाचार ∕ दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने हेल्थ आवाज मंगलबार, २०७९ साउन २४ गते, १७:१९ मा प्रकाशित काठमाडौं–वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएर बसको ठक्करबाट घाइते भएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उद्धार गरी नेपाल ल्याएकी जानकी मगरको थप उपचार पनि प्रसाईले आफ्नै अस्पताल बीएण्सीमा गरिदिने भएका छन् । मंगलबार प्रसाईंको सहयोगमा उनलाई नेपाल ल्याइएको छ । नेपाल आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा जानकीले दुर्घटनापछि आफू विदेशमा बेवारिसे भएको र खर्चका अभावको कारण थप उपचार गर्न नपाएको समेत बताइन् । नेपाली दूतावासमा पटक—पटक आग्रह गरेतापनि नेपाल आउन नसेकेको गुनासो उनको थियो । स्कुल बसको ठक्करबाट घाइते भएकी थापाको दुबईको एनएमसी रोयल अस्पतालमा उपचार भएको थियो । दुर्घटनाका कारण ७ ठाउँका हड्डी भाँच्चिएका कारण उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा छ । दुर्घटनामा परेपछि आफूले नेपाल गएर परिवारसँग भेट्न पाउने कल्पना पनि नगरेको उनले बताइन् । उनले आफूलाई नेपाल ल्याइदिएकोमा प्रसाईंलाई धन्यवाद दिइन् । ‘मलाई नेपाल आउन पाउँछु भन्ने आशा नै मरिसकेको थियो,’ उनले भनिन्, ‘उहाँ (दुर्गा प्रसाईं)ले सहयोग गरेर ल्याइदिनुभयो । मेरो सरकार, अभिभावक सबै उहाँ नै हो ।’ प्रसाईंले आफूले मानवताका नाताले विदेशमा मृत्यु भएकाको शव र बिरामीको उद्धार गरेको बताए । ‘म दुबई गएपछि साथीहरुले त्यहाँ गएर मृत्यु भएर पैसाको अभावमा शव ल्याउन नपाएको र घाइतेहरु अलपत्र परेको सुनाउनुभयो,’ उनले भने, ‘मेरो मानवीयताले त्यो टुलुटुलु हेर्न सकेन र सहयोग गरे ।’ उनले उद्धार गरी ल्याएकी जानकी मगरको थप उपचार बीएण्डसी अस्पतालमा निःशुल्क गरिने पनि जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद