गृहपृष्ठ ∕ समाचार ∕ सुरक्षित र भयरहित रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण बनाउन एनएमएको माग सुरक्षित र भयरहित रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण बनाउन एनएमएको माग हेल्थ आवाज मंगलबार, २०७९ भदौ ७ गते, १८:०२ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले सुरक्षित, भयरहित र शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ । मंगलबार जुम्लामा चिकित्सकमाथि भएको हातपात तथा कुटपिटको घटनाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनलाई कार्यन्वयन गर्न पनि संघले माग गरेको छ । संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण शाहमाथि भएको हातपात र कुटपिटको घटनाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा पनि उक्त कुरा उल्लेख छ । संघले कर्णाली प्रतिष्ठानका चिकित्सक डा. शाहमाथि प्रतिष्ठानकै कर्मचारी हातपात तथा कुटपिट गरेपछि पीडकलाई थुनामा राख्न दबाब सिर्जना गरेको जनाइएको छ । उक्त दबाबस्वरुप नै कुटपिटको घटनामा संलग्न व्यक्तिलाई थुनामा राखेर अनुसन्धान जारी रहेको बताउँदैं संघले उक्त केसलाई अदालतमा पेश गर्न सम्बन्धित पक्षलाई दबाब सिर्जना ३ सदस्सीय टोली जुम्ला पठाएको जनाएको छ । एनएमएले विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको सम्बन्धमा सरकारसँग आवश्यक प्रबन्धको अपेक्षा गरेको उल्लेख छ । एनएमएले कुटपिट र हातपातबाट घाइते भएका डा. शाहलाई थप उपचारका लागि काठमाडौं ल्याएको जानकारी दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट