गृहपृष्ठ ∕ समाचार ∕ सुरक्षित र भयरहित रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण बनाउन एनएमएको माग सुरक्षित र भयरहित रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण बनाउन एनएमएको माग हेल्थ आवाज मंगलबार, २०७९ भदौ ७ गते, १८:०२ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले सुरक्षित, भयरहित र शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ । मंगलबार जुम्लामा चिकित्सकमाथि भएको हातपात तथा कुटपिटको घटनाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनलाई कार्यन्वयन गर्न पनि संघले माग गरेको छ । संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण शाहमाथि भएको हातपात र कुटपिटको घटनाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा पनि उक्त कुरा उल्लेख छ । संघले कर्णाली प्रतिष्ठानका चिकित्सक डा. शाहमाथि प्रतिष्ठानकै कर्मचारी हातपात तथा कुटपिट गरेपछि पीडकलाई थुनामा राख्न दबाब सिर्जना गरेको जनाइएको छ । उक्त दबाबस्वरुप नै कुटपिटको घटनामा संलग्न व्यक्तिलाई थुनामा राखेर अनुसन्धान जारी रहेको बताउँदैं संघले उक्त केसलाई अदालतमा पेश गर्न सम्बन्धित पक्षलाई दबाब सिर्जना ३ सदस्सीय टोली जुम्ला पठाएको जनाएको छ । एनएमएले विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको सम्बन्धमा सरकारसँग आवश्यक प्रबन्धको अपेक्षा गरेको उल्लेख छ । एनएमएले कुटपिट र हातपातबाट घाइते भएका डा. शाहलाई थप उपचारका लागि काठमाडौं ल्याएको जानकारी दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो?