२०८३ कात्तिक ४, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगर महानगरद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

विराटनगर महानगरद्वारा निःशुल्क आँखा शिविर सञ्चालन


विराटनगर—विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । विराटनगर—६ स्थित रामपुरमा आयोजित शिविरको महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरेका हुन् ।

गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने मेयर कोइरालाले बताए । आँखा संवेदनशील अंग भएकाले बेलैमा उपचार गर्नुपर्नेमा उनले जोड दिए । महानगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले हरेक वडामा शिविर सञ्चालन गर्ने प्रस्ट पारे ।

बुधबार सञ्चालन गरिएको शिविरमा १ सय ४० जनाले आँखा जाँच गराएका थिए । त्यसमध्ये ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएकाले अस्पतालमा बोलाइएको गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले बताए ।

यसअघि विराटनगर—१ मा शिविर सञ्चालन भइसकेको छ । वडा नम्बर १ को शिविरमा आएका मध्ये ५३ जनाको शल्यक्रिया भइसकेको महतोले जानकारी दिए । शिविरमा गोल्छा आँखा अस्पतालका चिकित्सक राजेश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ