२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनयाँ पुस्ताका फिजिसियन डा.रन्जित : केयर सिटी अस्पतालका २४ घन्टे डाक्टर

नयाँ पुस्ताका फिजिसियन डा.रन्जित : केयर सिटी अस्पतालका २४ घन्टे डाक्टर


नेपालगन्ज—नेपालगन्जमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालसहित एक दर्जनभन्दा बढी अस्पताल छन् । तर, अधिकांश अस्पतालमा बिहानको १० बजेदेखि १२ बजेपछि बिशेषज्ञ चिकित्सक बिरलै भेटिन्छन् ।

एउटै चिकित्सकले साँझ बिहान क्लिनिक र दिउँसोमा अस्पतालमा काम गर्छन् । जसका कारण पैसा खर्च गर्न सक्ने बिरामी साँझ बिहान डाक्टरको क्लिनिकमा र पैसा खर्च गर्न नसक्नेहरु १० बजे सरकारी अस्पताल र शिक्षण अस्पतालको ओपिडीमा पुग्छन् ।

यस्तो परिपाटी नेपालगन्जको हेल्थकेयरमा वर्षाैदेखि चल्दै आएको छ । अस्पतालहरुको संख्या थपिदै गएपनि बिरामीको सुविधालाई केन्द्रमा राखेर उपचार दिने सोच अस्पताल व्यवस्थापन र चिकित्सकहरुमा कमै देखिन्छ ।

देश विदेशका प्रतिष्ठित मेडिकल कलेजबाट एमबीबीएस, एमडी/एमएस गरेका युवा डाक्टरहरु नयाँ सोच र लक्ष्यका साथ आफ्नो करियरलाई अगाडि बढाउने प्रयास गरि रहेका छन् ।

त्यस्तै सोच राख्ने युवा डाक्टर हुन्—डा. रन्जित पाण्डे । जनकपुरका रन्जितले काठमाडौंको ह्वाइट हाउस कलेज नयाँ बानेश्वरबाट प्लस टु, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट छात्रवृत्तिमा एमबीबीएस गरेका हुन् । उनले भारतको चण्ढीगढस्थित पीजीआईबाट छात्रवृत्तिमै मेडिसिनमा एमडी गरेका छन् ।

आफ्नै देशमा केही नयाँ र राम्रो गरौं भन्ने सोच राखेका पाण्डेले एमबीबीएस र एमडीका ब्याचमेट नेपालगन्जका बाल रोग बिशेषज्ञ डा. विष्णु थापासँग मिलेर नेपालगन्जमा नयाँ करियरको सुरुवात गरेका छन् । त्यसका लागि उनी नेपालगन्जको भुजइ गाउँमा रहेको केयर सिटी  अस्पतालसँग आवद्ध भएका छन् ।

फिजिसियन डा. पाण्डे बिहान ८ देखि साँझ ५ बजेसम्म केयर  सिटी अस्पताल मै हुन्छन् । त्यसपछि पुनः साँझ साढे ६ बजेदेखि ८ -९ बजेसम्म अस्पतालमै बिरामी सेवामा तल्लीन रहन्छन् । उनलाई अस्पतालका २४ घण्टे डाक्टरभन्दा पनि हुन्छ ।

प्रतिष्ठित मेडिकल कलेजबाट पूर्ण छात्रवृत्तिमा एमबीबीएस र मेडिसिनमा एमडी गरेका पाण्डेलाई सरकारी अस्पताल वा मेडिकल कलेजहरुबाट पनि जबका लागि अफर नआएका हैनन् । ‘बिरामीले आफूले विश्वास गरेको डाक्टरलाई भेटन सरकारी अस्पताल, मेडिकल कलेज हुँदै डाक्टरको क्लिनिक र डाक्टरले भनेकै ल्याब र प्याथोलोजीमा धाउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्नुपर्छ भन्ने मान्यताका साथ नेपालगन्जमा केही नयाँ गर्दैछौं,’ उनले भने, ‘एउटै डाक्टरले २/३ वटा ठाउँमा काम गर्ने गरेकाले बिरामीले बिहानको ८ देखि १० बजेसम्म डाक्टरको क्लिनिक १० देखि १२ बजेसम्म डाक्टरले काम गर्ने अस्पताल र फेरि ३ बजेपछि डाक्टर पुनः क्लिनिक जानुपर्ने बाध्यता छ ।’

एउटा बिशेषज्ञ चिकित्सक बिहानदेखि साँझसम्म एउटै अस्पतालमा भेटिने वातावरण सिर्जना हुँदा बिरामीहरुले सहज रुपमा गुणस्तरीय सेवा पाउन सक्छन् भन्ने मान्यताका साथ डा. पाण्डेले केयर सिटी अस्पतालमा काम गरिरहेका छन् ।

नेपालगन्जको केयर सिटी अस्पतालमात्रै त्यस्तो अस्पताल हो, जहाँ बिहान ८ बजे देखि साँझको ५ बजेसम्म पीजीआई चण्ढीगढबाट इन्टरनल मेडिसिनमा एमडी गरेर आफैले पढेको मेडिकल कजेजमै करिब एक वर्ष काम गरेका फिजिसियन डाक्टर ड्युटीमा हुन्छन् । त्यसपछि पनि उनलाई अनकलमा तुरुन्तै भेट्न सकिन्छ ।

बिरामीलाई केन्द्रमा राखेर सहज रुपमा गुणस्तरीय उपचार सेवा दिने लक्ष्यका साथ धरानदेखि चण्ढीगढको पिजीआईसम्मका ब्याचमेट डा. पाण्डे र डा. थापा नेपालगन्जकै कारकादोमा सुरु गरेको १५ शैय्याको केयर सिटी अस्पताललाई निकट भविष्यमै २ सय शैय्याको सुविधासम्म अस्पताल बनाउने लक्ष्यका साथ अगाडि बढेका छन् ।

‘बिरामीले गुणस्तरीय उपचार पाउनु सबैभन्दा पहिले दक्ष चिकित्सकसम्म पुग्नुपर्छ । दक्ष चिकित्सकसँगै उसले काम गर्ने अस्पतालको व्यवस्थापन चुस्त दुरुस्त हुनुपर्छ,’ उनले थपे, ‘अत्याधुनिक उपकरण, प्रयोगशालाको सुविधासहित बिरामीलाई सहज रुपमा गुणस्तरीय सेवा दिने प्रतिवद्धता हुनुपर्छ । हाम्रो प्रयास त्यसैतर्फ केन्द्रित छ ।’


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ